स्कुले किशोरी र तिनका आमालाई प्रजजन स्वास्थ्य सम्वन्धी प्रशिक्षण
काठमाडौँ, ११ मंसिर । स्कुले किशोरी तथा तिनका अभिभावकहरुलाई प्रजनन स्वास्थ्यका बारेमा प्रशिक्षण दिइएको छ ।
सोमबार डा. तोसीमा कार्कीले बसुन्धरास्थित माउन्ट ग्लोरी स्कुलमा कक्षा ६ देखी १० सम्म अध्ययन गरेका छात्राहरु र तिनका आमाहरु गरी करीब १५० जनालाई प्रशिक्षण दिएकी हुन् । उनले प्रशिक्षणमा प्रजनन स्वास्थ्य, किशोरावस्थामा हुने परीवर्तन र त्यससमा आफूलाई कसरी अभ्यस्त बनाउने भन्ने बारेमा केन्द्रीत रहेको बताइन ।
कार्यक्रममा स्कुले किशोरीहरुले उमेर अवस्थासंगे हुने परिवर्तन, महिनाबारी बेला बढी पेट दुख्ने समस्या तथा त्यसका समाधानका उपायका बारेमा प्रश्न राखेका थिए ।
एलसी नेपाल हिमालयन एक्सिलेन्स, लियो नेपाल एक्सिलेन्सको सहयोगमा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई महिनाबारीका बेला प्रयोग हुने सेनीटरी प्याड समेत वितरण गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]