आन्तरिक राजश्वलाई थाह छैन् ? सूर्ति नियन्त्रण सम्वन्धी कानूनमा के छ ?
काठमाडौँ, ४ मंसिर । सरकारले छ बर्ष अघि ल्याएको सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन ऐन -२०६८) र त्यसैको संसोधित ऐन – २०७१ले चुरोटको प्याकेटको बाहिरी भागमा चेतावनीमुल सन्देश के राख्ने भन्ने स्पष्ट उल्लेछ । तर चुरोट तथा सूर्तिको नियमन गर्ने एक सरकारी निकाय आन्तरिक राजश्व विभागले सरकारले बनाएको सो नियमको अहिलेसम्म वेवास्ता गरेको छ ।
आन्तरिक राजश्व विभागको अनलाइनमा रहेको चुरोट तथा सूर्तीजन्य पदार्थका उत्पादक तथा पैठारीकर्ता एवं व्यावसायीले पालन गर्नुपर्ने पर्ने कुराहरु मा हेर्दा त्यहाँ न चुरोट तथा सूर्तिजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक चित्र अंकित स्वास्थ्य संन्देश राख्नुपर्ने उल्लेख छ नत २० खिल्लीको प्याकेट हुनुपर्छ भन्ने छ ।
चुरोटका बट्टाहरुमा निम्नानुसार प्याकिङ हुनुपर्छ भनिएको बुँदा नं ५ मा चेतावनीमुलक सन्देशको कुरै छैन । बरु त्यसमा भनिएको छ चुरोटको बट्टामा धूमपान स्वास्थ्यको लागि हानिकारक छ भनि मुद्रण गरिएको हुनुपर्छ । त्यसमा ऐनले भनेजस्तो २० खिल्लीको प्याकेट बनाउनुपर्छ भन्ने अनिवार्य गरिएकै छैन । चुरोटको बट्टामा १० खिल्ली वा २० खिल्ली जतिको बनाएपनि हुन्छ भन्ने उल्लेख छ ।
त्यसो आन्तरिक राजश्व विभागले ऐन विपरितका गतिविधि गर्ने चुरोट उद्योगीहरुको पक्षमा अहिले पनि लागेको देखिएको छ । चुरोटको बट्टामा अढाई बर्ष अघि नै लागू हुनुपर्ने ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश विभागकै असहयोगका कारण पूर्ण कार्यान्वनयमा आउन सकेको छैन ।
विभागका अधिकारीहरुले मापदण्ड पुरा नगरेका सूर्तिजन्य पदार्थको प्याकेटमा अन्त शुल्क स्टिकर लगाउन छुट दिई बजार पठाउन खुला गरेकै छन् । बरु उनीहरुले सबै भन्दा बढी कर तिरेको भन्दै चुरोट उत्पादक कम्पनी सूर्य नेपाललाई सम्मान गरेका छन् ।
सम्पर्क इमेल : [email protected]