प्रचण्ड पुत्र प्रकाश दाहालको निधन
काठमाडौँ, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड ) पुत्र प्रकाश दाहालको निधन भएको छ ।
विहान ५ बजेतिर अचेत अवस्थामा थापाथलीस्थित नर्भिक हस्पिटलमा पुरयाइए पनि उनको उपचार गर्न नपाइएको अस्पताल स्रोतले जनाएको छ ।
‘विहान यहाँ ल्याइपुरयाउनुभयो तर हामीले क्याथ ल्यावमा लान समेत पाएनौँ । अहिले पनि बडी इमरजेन्सी वार्डमै छ’ नर्भिकका एक चिकित्सकले बताए ।
यता पूर्व सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार समेत रहेका पत्रकार बबिन शर्माले लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा भेटिएका प्रकाशलाई अस्पताल पुरयाइसक्दा नै चिकित्सकले मृत घोषणा गरेको बताए ।
चुनावी कार्यक्रमका लागि झापा पुगेका प्रचण्ड अहिले विहान हेलिकप्टमा काठमाडौँ फर्कदैछन् ।
अस्पतालमा अहिले माओवादी केन्द्रका पार्टी नेता कार्यकर्ता तथा सर्वसाधारणको भिड छ ।
सम्पर्क इमेल : [email protected]