हृदयघात के हो ? कसरी जोगिने ?
हृदयघातका लक्षणहरु :
- एक्कासि मुटु र देब्रे हात सहनै नसक्ने गरी दुख्ने ।
- श्वास फेर्न गाह्रो हुने, पसिना आउने र डर लाग्ने ।
हृदयघातका के कारणले हुन्छ ?
- मुटुमा रहेको धमनीमा बोसो जमेर (LDL cholesterol) धमनीलाई बन्द गरिदिन्छ त्यसपछि मुटुको मासंपेशीले अक्सिजन नपाई मृत्यु हुन्छ । यसलाई नै हृदयाघात भनिन्छ ।
- वंशाणुगत कारण ।
हृदयाघातका जोखिमहरू :
समयमै हृदयाघातका जोखिमहरूको पहिचान गरी जीवनशैली परिवर्तन गरेमा हृदयाघातबाट बच्न सकिन्छ । ती जोखिमहरु यसप्रकार छन् ।
- उच्च रक्तचाप
- धूमपान
- मधुमेह
- निष्क्रिय जीवनशैली
- मानसिक तनाव
- मोटोपना
- उच्च कोलेस्टोल
- अस्वस्थ खाना
घरमा मुटुका विरामी भएको खण्डमा जुनसुकै बेला आपतकालिन अवस्था आउन सक्छ । तसर्थ यी कुराहरुमा पनि ध्यान दिनुपर्छ :
आपत्कालीन अवस्थाका लागि Aspirin tablet / Clopidogrel घरमा राख्ने, हृदयाघातको लक्षण देखा पर्नासाथ सो Tablet खाने र उपचारका लागि अस्पताल तुरुन्त जानुपर्छ ।
मुटु रोग छ कि छैन भनेर पत्ता लगाउन प्रत्येक ६ महिनामा निम्न जाँच गर्नुपर्छ :
- Lipid profile (लिपिड प्रोफाइल)
- Pulse( मुटुको गति ) तथा
- (ईसीजी) , रक्तचापको जाँच
- (इको)
मुटुलाई रक्षा गर्ने खानेकुराहरू :
- जौ (Oats)
- आल्मोन्ड
- साग (हरियो)
- ब्रोकाउली
- लसुन, प्याज
- चिया (कालो)
- टमाटर
- ओखर
- माछा
- गाजर
- सखरखण्ड
- थुप्रै प्रकारका गेडागुडी
- स्याउ, कालो अंगुर, अनार, मेवा, सुन्तला र अन्य फल
अपनाउनुपर्ने जीवनशैली :
- उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्ने
- तनावमुक्त जीवन जिउने
- मोटोपन घटाउन ब्यायाम तथा योगा नियमित गर्ने । कम्तीमा पनि ३० मिनेट (बिहान र साँझ)
- चुरोट, रक्सी र सुर्तीजन्य पदार्थको सेवन नगर्ने
- नियमित रूपमा शरीरको लिपिड (Fat) परीक्षण गराउने
- नियमित रूपमा चिकित्सकको सल्लाह लिने ।
सन्तुलित आहार :
- सीमित( चिनी, मिठाइ, सेकेको वस्तु, चिल्लो, चिप्स)
- साप्ताहिक( बोसोरहित मासु, अण्डा
- दैनिक ठिक्क मात्रामा( सिमी, केराउ, भटमासको वस्तु, माछा, ओखर, तोरीको तेल, नरिवलको तेल, जैतुन तेल, दुग्ध पदार्थ र कालो चिया
- पटक–पटक दैनिक( अन्न, गहुँको रोटी, जौ, मकै, केरा, स्याउ, अनार, खरबुजा, कालो अंगुर, बन्दा, सागपात, गाँजर, मसरुम, फर्सी, गेडागुडी, लौका, ग्रिन ब्रोकाउली, प्याज, लसुन र टमाटर ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]