त्रिवि शिक्षण अस्पतालमा सीओपीडी रोगबारेको बृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ, २९ कात्तिक ।  त्रिवि शिक्षण अस्पताल परिषरमा आज सीओपीडी रोग बारे बृहत जनचेतनामुलक स्वास्थ्य शिविर राखिएको छ । विश्व सीओपीडी दिवसको अवसरमा नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी र पल्मोनोलोजी एण्ड क्रिटिकल कियर मेडिसिन युनिटले राखेको उक्त शिविरमा परीक्षणका लागि अस्पताल पुगेका, विरामी भेटन पुगेका आम सर्वसाधारणको भिड थियो ।

कार्यक्रममा सीओपीडी रोग के हो ? कसरी लाग्छ ? जोगिने उपायहरु के के छन ? आदिका बारेमा चिकित्सकहरुले जानकारी दिएका थिए । कार्यक्रममा सीओपीडी लागिसकेपछिको उपचार प्रविधिको बारेमा भिडियोबाट समेत जानकारी गराइएको थियो ।

आयोजक संस्था नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका अध्यक्ष डा अमित शर्माले सीओपीडीको समस्या दिनानुदिन बढदै गएकाले यसको रोकथाम गर्ने प्रयास स्वरुप जनचेतनामुलक सिविरको आयोजना गरिएको बताए । उनले शिविरमा आउनेहरुलाई रोगको बारेमा जानकारी दिने बच्ने उपाय र उपचार विधिका बारेमा सचेत गराएको बताए ।

पल्मोनोलोजी एण्ड क्रिटिकल कियर मेडिसिनका डा पंकज पन्तले सीओपीडीको समस्या विश्वव्यापी रुपमा बढदै गइरहेको भन्दै रोगको बारेमा जानकारी दिन आवश्यक भएको बताए । चुरोट सेवन, घरको धुवा तथा बाताबरणीय प्रदुषण यस रोगको मुख्य कारक हो भन्दै महिला तथा पुरुष दुबै यस रोगकको सिकार भएको बताए । उनले त्रिवि शिक्षण अस्पतालको रेस्परेटरी वार्डमा ५० प्रतिशत बढी सीओपीडीकै विरामी भर्ना हुने गरेको तथ्यांक प्रस्तुत गरे ।

दम जस्तै मानिने सीओपीडीमा स्वास लिन सजिलो र फ्याक्न गाह्रो हुन्छ । अर्थात फोक्सोको नलि साघुरिदै जाँदा त्यो समस्या देखिने डा पन्तले बताए । उनले यसबाट जोगिन धूमपान, धुलो धुवाबाट बच्नु जरुरी रहेको बताए ।
सो सिविरको प्रायोजन सिप्ला कम्पनी प्रालिले गरेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *