नेपाल औषधि उत्पादक संघको अध्यक्षमा दीपक दाहाल निर्वाचित
काठमाडौँ, २४ कात्तिक । नेपाल औषधि उत्पादक संघको अध्यक्षमा दीपक दाहाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको २३ औँ साधारण सभाले दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष नारायणबहादुर क्षेत्री, उपाध्यक्ष दीपक प्रधान, महासचिवमा प्रज्वलजंग पाण्डे र कोषाध्यक्षमा प्रभात रुंगटा निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा महेश प्रधान, सन्तोष बराल, विप्लब अधिकारी, सुवर्ण जोशी र विजयराज भण्डारी निर्वाचित भएका छन् । संघको आमन्त्रित सदस्यमा प्रेम जातिया छनौट भएका छन् ।
यसअघि संघको अध्यक्ष शंकर घिमिरे अध्यक्ष थिए । नयाँ कार्यसमितिको पदावधी २ बर्षको रहनेछ ।
सम्पर्क इमेल : [email protected]