शिक्षा मन्त्रालयले काठमाडौँ नेशनलको विषयमा पठाएको पत्र काउन्सिलसंग फिर्ता माग्यो
काठमाडौँ, २४ कात्तिक । शिक्षा मन्त्रालयले काठमाडौँ नेशनल मेडिकल कलेजको सिट तोक्ने प्रक्रिया अघि बढाउनु भन्दै नेपाल मेडिकल काउन्सिललाई पठाएको पत्र फिर्ता मागेको छ ।
काउन्सिलले शुक्रबार विहान स्वास्थ्य मन्त्रालयमा दर्ता नभएको अस्पतालको प्रक्रिया के आधारमा अघि बढाउने भन्दै पत्र लेखेपछि शिक्षाले चिठी फिर्ता लिन्छौँ भनेर जवाफ पठाएको हो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पत्र फिर्ता लिन हिजो मात्रै शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई निर्देशन दिएका थिए । आज मात्रै के आधारमा प्रक्रिया अघि बढाउने भनेर काउन्सिलले शिक्षा मन्त्रालयलाई प्रश्न सहितको पत्र पठाएको थियो । त्यसको जवाफमा मन्त्रालयले चिठी फिर्ता दिनुस प्रक्रिया अघि बढाउन पर्दैन भन्दै पत्र पठाएको हो ।
काउन्सिल अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले स्वास्थ्य मन्त्रालयले मापदण्ड विपरित भन्दै दर्ता गर्न अस्विकार गरिसकेको अस्पतालललाई के आधारमा प्रक्रिया अघि बढाउने भन्दै पत्र पठाएको बताए । उनले त्यसको जवाफ केही घण्टा पछि नै पत्र मार्फत काउन्सिल पुगेको जानकारी दिए ।
त्यसो आजै मात्रै राष्टपति कार्यालयले चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण गरेको छ । यो प्रमाणिकरण गरेसंगै नयाँ मेडिकल कलेजले सम्वन्धन पाउने प्रक्रिया तत्कालका लागि टरेको छ ।
सर्बोच्च अदालतले गत ८ कात्तिकमा काठमडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज गर्ने त्रिविको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि शिक्षा मन्त्रालयले गत १५ कात्तिकमा काउन्सिललाई पत्र लेख्दै प्रक्रिया अघि बढाउन भनेको थियो । सो पत्र २० कात्तिकमा मात्रै काउन्सिल पुगेको थियो ।
सम्पर्क इमेल : [email protected]