राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिद्धारा प्रमाणिकरण

काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ प्रमाणीकरण गरेकी छन् । उक्त अध्यादेश गत ६ कात्तिकको मन्त्रिपरिषद बैठकले पास गरी प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो ।

झण्डै तीन साता सम्म अध्यादेश प्रमाणिकरण नभएपछि चिकित्सक डा गोविन्द केसीले राष्ट्रपति समक्ष जवाफ मागेका थिए । उनले अध्यादेश प्रमाणीकरण गर्न एक साताको अल्टिमेटम समेत दिएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्धारा जारी विज्ञप्तीमा गत ६ कात्तिकमा मन्त्रिपरिषदको बैठकले सिफारिस गरेको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *