तपाईँलाई थाह छ ? दुध कतिवेला कति खाने ?

बच्चा देखि बृद्ध उमेरका व्यक्तिले खान सक्ने पदार्थ हो दुध । शरीरका लागि आवश्यक क्याल्सियम तथा प्रोटिन दुधबाटै प्राप्त हुन्छ । तर यसको मात्रा र प्रयोग गर्ने बेलाबारे जानकारी नहुँदा यसले कहिलेकाँही खराब असर समेत पार्ने गरेको छ ।

कतिवेला कति खाने दुध ?

  • यदि तपाँई विहानको समयमा अधिक प्रोटिन लिन चाहनुहुन्छ भने दुध पिउनुहोस । क्याल्सियम तथा प्रोटिन बाहेक दुधमा पोटासियम, म्याग्निसियम फास्फोरस र भिटामिन समेत समेत पाइन्छ ।
  • यदि विहान सबेरै तपाईले कडा परीश्रम गर्नुपर्ने अवस्था आयो भने शरीरमा क्याल्सियम र प्रोटिनको आवश्यकता पर्छ यस्तो अवस्थामा तपाईँले दुध पिउन सक्नुहुन्छ ।
  • यदि तपाईँ दिनभर भोक नियन्त्रण गर्न चाहनुहुन्छ भने विहान दुध पिउनु फाइदाजनक हुन्छ । तर यदि दुध पिएपछि पेट फुल्न थाल्छ भने चाहि पिउनु हुँदैन ।
  • यदि तपाईको निन्द्राको समस्या छ र तपाईँलाई रातमा निन्द्रा पुग्दैनभने हल्का तातो दुध पिउन लाभदायी हुन्छ । यसले तपाईँलाई आराम हुन्छ र निन्द्रा पनि लाग्छ ।
  • यदि तपाई दिनभर काम गरेर थाक्नु भयो र आरा मगर्न चाहनुहुन्छ भने रातमा दुध पिउनुहोस । दुधमा भएको एमिनो एसिडले मस्तिस्कबाट सेरोटोनिन रिलिज गर्छ । यसले तपाई सजिलैसंग आनन्द महसुस गर्न सक्नुहुन्छ ।
  • तपाई जतिवेला दुध पिउनुहुन्छ त्यतिवेला ध्यान दिनुहोस दुध हल्का तातो हुनुपर्छ । हल्का तातो दुध पिउँदा डायजेशन राम्रो हुन्छ । यो पनि ध्यान दिनुहोस कि बढी दुध पिउँनाले मात्रै स्वस्थ भईन्छ भन्ने छैन । हरेक दिन १५० देखि २०० एमएल दुध पिउन प्रयाप्त हुन्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *