‘लापरबाही’बारे छानवीन गर्न पाँच सदस्यीय समिति गठन
पोखरा २२ कात्तिक । गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालको सुत्केरी मृत्युको विषयमा छानवीन गर्न पाँच सदस्यीय छानवीन कमिटि गठन भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रबि रेग्मीको संसोजकत्वमा छानवीन समिति गठन भएको हो । समितिमा बरिष्ठ एनेस्थेसियोलोजिष्ट डा सुशील तिमल्सेना, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला जनस्वास्थ्यका प्रतिनिधी र उपभोक्ता हीत संरक्षण मञ्चका प्रतिनिधी छन् । समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद गिरीले बताए ।
गत ११ कात्तिकमा सल्यक्रिया गरी सुत्केरी भएकी स्याङजा अर्जुन चौपारीकी गीता अर्यालको ७ दिन पछि मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरबाही भन्दै आन्दोलन गर्दै आएका छन् ।
यता कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले लापरबाही भन्ने आरोप पछि छानवीन गर्नसमिति गठन भएको भन्दै त्यसले दिने प्रतिवेदनको आधारमा कारबाही अघि बढाउने नबढाउने प्रतिक्रिया दिए ।
पाँच दिन पछि अस्पतालबाट सुत्केरीको शव उठ्यो
आन्दोलनका कारण आइसियू कक्षमा रहेको सुत्केरीको सब गएराती प्रहरीले उठाएको छ । पाँच दिनसम्म आइसियू कक्षमा बेबारिसे अवस्थामा रही गलेको सबलाई गयराती ९ बजे तिर प्रहरीले उठाई पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल पोखरा पुरयाएको मेडिकल सुपरीटेन्डेन तोमाया घलेले बताइन् । मृतकहरुले भने यथार्त नआउँदासम्म सब चलाउन नपाइने अडानमा आइसियू कक्षबाट उठाउन दिएका थिएनन ।
‘बृहत प्रदर्शन गर्दैछौँ ‘
अस्पताल पक्ष राम्ररी बार्तामा नबसेको आफ्ना मागका विषयमा वेवास्ता गरेको भन्दै मृतकका आफन्तहरुले आज बृहत प्रदर्शन गर्ने बताएका छन् । त्यसका लागि मृतकका गाँउ स्याङजाबाट समेत गाउँलेहरु आएको आफन्त राजन अर्यालले बताए । ‘हामीलाई शव उठाएको बारेमा समेत जानकारी छैन । आज हामीले शान्तिपूर्ण प्रदर्शन गर्दैछौँ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]