महाराजगञ्ज स्ववियूद्धारा एमबीबीएस प्रवेश परीक्षा पुन: गर्न माग
काठमाडौँ, २१ कात्तिक । महारागञ्ज मेडिकल कलेज स्वतन्त्र विद्यार्थी युनियनले गत २८ असोजमा भएको एमबीबीएस प्रवेश परीक्षा स्थगित गरी तत्काल अर्को परीक्षा लिन डीन माग गरेको छ । स्ववियूले २४ दिन अघि भएको सो परीक्षामा प्रश्न पत्र बाहिरिएको पुष्टी भईसकेको भन्दै अलमल नगरी पुन प्रवेश परीक्षा घोषणा गर्न माग गरेको हो ।
स्ववियू अध्यक्ष डा. मिलन गैरेद्धारा आज जारी विज्ञप्तीमा विद्युतीय उपकरणको प्रयोग गरि दर्जन बढी विद्यार्थीले परीक्षा दिएको भेटिएको र बरामद भएका उपकरण र तिनमा जडित सिमकार्डबाट टिपाइएको उत्तर जाँच गर्दा मिलेको भन्दै परीक्षा लिने कार्यमा अलमन नगर्न डीन कार्यालयको ध्यानाकर्षण गराएको हो ।
यता चिट प्रकरणको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबी र प्रहरीको अपराध अनुसन्धान महाशाखाले छानवीन गरी प्रारम्भिक प्रतिवेदन बुझाइसेको बुझिएको छ । स्रोतका अनुसार अनुसन्धानमा सहभागी उच्च प्रहरी अधिकारीले समेत परीक्षामा प्रश्नपत्र बाहिरिएको भन्दै पुन परीक्षा लिनुपर्ने सुझाव दिइसकेका छन् ।
तर आइओएम डीन प्राडा जगदीश अग्रवालले भने त्रिविद्धारा गठित समितिले प्रतिवेदन नदिएको भन्दै निर्णय लिन ढिलाई भएको बताउँदै आएका छन् । यता चिकित्सा शिक्षा सुधारको माग राख्दै दर्जनौपटक अनसन बसेका डा गोविन्द केसीले रोकिएको प्रवेश परीक्षाको नतिजाका बारेमा तत्काल टुंगोमा पुग्न माग गर्न थालेका छन् ।
परीक्षामा सहभागी विद्यार्थीहरुले भने पहिलो दिन देखि नै परीक्षा स्थगित गरी पुन परीक्षा लिन माग गर्दै आएका छन् ।
सम्पर्क इमेल : [email protected]