एमबीबीएस प्रवेश परीक्षामा चिट चोर्ने तीन विद्यार्थी पक्राउ


काठमाडौं, २८ असोज । चिकित्सा शास्त्र अध्ययन सस्थान आईओएमद्वारा आज संचालित एमबीबीएस प्रवेश परीक्षामा मोबाईल डिभाईस प्रयोग गरि चिट चोर्दै गरेका तीनजना विद्यार्थी पक्राउ परेका छन ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको टोलिले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा शिखा झा, सक्षम राजभण्डारी र अर्का एक जनाको नाम खुलेको छैन ।

झा महाराजगन्ज नर्सिङ क्याम्पसबाट हो भने अरु दुई को जानकारी आउन बाकी छ ।

पक्राउ पर्नेहरूसङ्ग सीआइबीले थप अनुसन्धान अघि बढाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *