कांग्रेसबाट ५ चिकित्सक सहित ८ जना स्वास्थ्यकर्मीको नाम सिफारिस
काठमाडौँ, २७ असोज । नेपाली कांग्रेस आवद्ध चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमध्ये अहिलेसम्म ८ जनाको नाम आगामी मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार हुनका लागि सिफारिस भएको छ । त्यसमा पाँच जना चिकित्सिक, एक जना कविराज र दुई जना नर्सको रहेका छन् ।
नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार नेपाल चिकित्सक संघका अध्यक्ष समेत रहेका डा. मुक्तिराम श्रेष्ठ प्रतिनिधि सभा सदस्यका लागि अर्घाखाँची १ बाट प्रत्यक्ष तर्फका लागि सिफारिस भएका छन् ।
त्यस्तै स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशन समेत हरेका डा. लक्ष्मीराज पाठक कैलालीबाट प्रतिनिधिसभाकै लागि प्रत्यक्ष तर्फबाट सिफारिसमा परेका छन् । यता स्वास्थ्य मन्त्रालयका अर्का सहसचिव डा. कृष्णकुमार राई खोटाङबाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फबाट सिफारिस भएका छन् ।
यता भर्खरै स्वास्थ्य मन्त्रालयबाट अवकाश पाएका डा. गरीबदास ठाकुर महोत्तरी – ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फका लागि सिफारिस भएका छन् । अर्का डाक्टर अनिलकुमार झा सप्तरीबाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तफका लागि सिफारिस भएका छन् ।
यता गोरखाबाट २ बाट कविराज सलाउद्धिन मियाँ प्रदेशसभाका लागि प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस भएका छन् ।
कांग्रेसले यसपटकको निर्वाचनमा नर्सिङ समूहबाट दुई जनाको नाम सिफारिस गरेको छ । सरला केसी ललितपुर र जानकी केसी काठमाडौँबाट समानुपातिकमा सिफारिस भएका हुन् ।
पार्टी निकटको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको संगठन भएपनि सिफारिसमा परेकाहरुले संस्थागत नभई पार्टीगत संक्रियताका कारण सिफारिसमा परेको बताएका छन् ।
यसअघि एमाले निकट स्वास्थ्यकर्मीहरुले १२ जनाको नाम सिफारिस गरिसकेको थियो ।
सम्पर्क इमेल : [email protected]