चितवनलाई ‘गुट्खामुक्त जिल्ला’ घोषणा गर्न युवाहरुले थाले अभियान

चितवन, २४ असोज । फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ शुरु गरेको छ ।

गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिए ।

विगतमा ७५ हप्तासम्म चलाइएको सरसफाई अभियानअन्तर्गत फोहरको सबैभन्दा ठूलो स्रोत गुट्खा देखिएको र यसबाट स्वास्थ्यमा समेत नाकारात्मक असरपर्ने भएकाले यो अभियान सञ्चालन गरिएकोे कँडेलले बताए ।

जिल्लामा यस विरुद्ध हस्ताक्षर चलाइएको र अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरिएको छ, उनले भने, विगत १६ महिनादेखि सरसफाइ अभियान शुरु गरेको समूहले हरेक सोमबार विभिन्न स्थानमा पुगेर सरसफाइ गर्दैआएको छ ।

‘हप्तामा एक दिन एकछिन समाजका लागि’ भन्ने नारासहित उनीहरुले अभियान चलाएका हुन् । सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिक अत्याधिक देखिएकाले यो अभियान आवश्यक परेको अर्का अभियान्ता नारायण सापकोटा बताए । मानव स्वास्थ्यका लागि समेत असर पर्ने भएकाले गुट्खा प्रयोग रोक्नुपर्ने उनको तर्क छ ।प्लास्टिकजन्य फोहरका कारण शहरबजार दुर्गन्धित हुने गरेकाले प्लास्टिकजन्य बस्तुको नियन्त्रण आवश्यक भएको उनले बताए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले व्यवसायीले नाफामुखी भन्दा पनि समाजप्रतिको दायित्वसमेत निर्वाह गर्नुपर्नेमा जोड दिदैं अभियानलाई सकारात्मक रुपमा लिएको बताए ।

यो अभियान मानव स्वास्थ्यकै लागि महत्वपूर्ण भएको अभियान्ता भोजनारायण कँडेलले बताए ।
फेसबुकबाट गठन भएको युवाहरुको वे ग्रेपले सञ्चालन गरेको सरसफाइ अभियान अहिले प्रभावकारी हुँदै गएको छ । रासस ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *