डाक्टरको आन्दोलन र बिरामीप्रतिको सम्वेदनशीलता
मानौँ कुनै सञ्चारकर्मीलाई मिडिया हाउस मै गएर धम्काउने तथा हातपात गर्ने प्रयास भयो भने उसले कसरी स्वतन्त्र रुपमा निर्भिक ढंगले समाचार लेख्न सक्छ ?
गाडी चलाई रहेको ड्राइभरलाई बसमै गएर धम्काउने तथा कुटने हो भने कसरी सुरक्षित रुपमा गाडी चलाउन सक्छ रु वकालत गरिरहेका वकिललाई बहस चलेकै ठाँउमा गएर धम्काउने तथा कुटपिट गर्ने हो भने उसले कसरी न्याय दिलाउन सक्छ ? अनि त्यहि अवस्था डाक्टरलाई आयो भने उसले कसरी निर्भिक ढंगले उपचार गरिरहन सक्छ ?
अहिलेको चिकित्सक आन्दोलन र त्यसले उठाएको मुख्य मुद्धाको सार यहि हो, हामीलाई ढुक्कसंग अस्पतालमा विरामीको उपचार गर्न देउ ।
कहिलेकाँही आफैमा पनि हिनताबोध भएर आउँछ । बिरामीको उपचार गर्नका लागि लौन हजुर सुरक्षित बाताबरण मिलाईदिनुस् भनेर आन्दोलन गर्नुपर्ने अनौठो देश । अनि लाचार सरकार ।
डाक्टर लगायत सबै स्वास्थ्यकर्मीले सुरक्षित शान्तिपूर्ण वातावरणमा काम गर्न पाउँ र मेरो गल्ती छ भने मलाई कानून अनुसार दण्ड देउ । भिडतन्त्रको दवावमा होइन छानवीनटोलीको प्रतिवेदनका आधारमा भन्ने माग हो ।
के यो माग जायज छैन ? केयो हरेक नागरिकको मौलिक हक अधिकार भित्र पर्दैन ? के डाक्टरका लागि मौलिक हक चाहिदैन ? कि उ छुटै ग्रहको मान्छे हो ? छातीमा हात राखेर सोच्नुहोस त कुन स्वास्थ्यकर्मी वा डाक्टरलाई बिरामीको हानी गरौ भन्ने लाग्ला र ? उसलाई त्यसो गर्दा के फाइदा छ ? उसलाई त जति बिरामीलाई सन्चो बनाउन सक्यो उति राम्रो हो नि होइन र ?
स्वास्थ्य सेवा संबेदनशील भन्ने तर सो सम्बेन्दनशील सेवामा रात दिन खटिने स्वास्थ्य कर्मचारीमाथि चाहि सम्वेदनशील हुनु नपर्ने रु कति कठिन वातावरण र दवावमा काम गर्नु पर्छ उसले त्यसको महत्व सोझै वेवास्ता गर्ने रु सेवालाई सम्वेदनशील ठान्नेले सेवा गर्ने लाई पनि काम गर्ने वातावरण दिनु पनि पर्यो नि कि होइन ?
नेपाल मेडिकल काउन्सिलको चिकित्सा आचारसंहितामा उल्लेख गरिएको छ, ‘कुनै पनि चिकित्सक इमर्जेन्सी बाहेक अरु बिरामीलाई सेवा दिन बाध्य हुने छैन र ऊ स्वतन्त्र छ कसलाई उपचार गर्ने वा नगर्ने भनेर ।’
स्वास्थ्यसेवा सम्वेदनशील छ त्यसैले त हामी सम्वेदनशील छौं नत्र त इमर्जेन्सी सेवा पनि बन्द गर्थ्यौं होला । भर्ना गर्न पर्ने बिरामीलाई अन्तरंग विभागमा भर्ना नै गर्दैनौं थियौं होला रु अपरेसन गर्ने बिरामीलाई अपरेसन गर्दैन थियौं होला रुआन्दोलन हुँदा हुँदै पनि किन यी सेवा सुचारु रुपमा चलाइरहेका छौँ तपाईँहरुलाई थाहा छ रु किनकी हामी संबेदनशील छौँ सेवामा अनवरत लागिरहेका छौं टाउको माथी तरवार झुण्डाई रु यस्तो समयमा इमर्जेन्सी सेवा दिंदा इमर्जेन्सी अपरेसन गर्दा कस्तो कस्तो नकारात्मक समस्या आउन सक्छ भिडबाट भन्ने बुझ्दा बुझ्दै पनि सेवा दिई राखेका छौंरु के यो मानवता होइन रुअरु पेशाका साथीहरु मस्त दशैं मनाई रहेका बेला हामी अस्पतालमा रात दिन बिरामीको सेवामा तल्लिन रहन्छौ रु के यो हाम्रो मानवता होइन रु के यो हाम्रो पेशागत इमान्दारिता होइन रु अनि हामी कसरी अमानवीय भयौँ ?
म कार्यरत गुल्मी जिल्ला अस्पतालमा २ वटा सिजरियन सेक्सन गर्यौं यो आन्दोलन हुँदाहुँदै रु अरु केन्द्रीय अस्पतालमा त कति हो कति इमर्जेन्सी सेवा तथा इमर्जेन्सी अपरेसन हुन्छन् कल्पना गर्नोस त ?
हामीले अप्रेसन गरेकी एक महिला जसको परिबारमा एक पाँच बर्षीय छोरोमात्रै थियो । र उनको यसअघि नै दुई पटक सिजरियन सेक्सन भैसकेको थियो । यदि आज म र मेरो टिममा मानवीयता नहुँदो हो उनी कम्तिमा पनि बुटवल सम्म जानु पर्थ्यो त्यस बेला उनि माथि हुन सक्ने आर्थिक, पारिवारिक, सामाजिक तथा मानसिक असर कति सम्म पर्थ्यो होला रु अर्की आमाजसको प्रसुति ब्यथा बढ्दै जाँदा गर्भाशयको मुखबाट रगत बगी सकेको थियो ।
यस्तो अवस्थामा इमर्जेन्सी अपरेसन नगरेमा आमा तथा बच्चालाई ठुलो दुर्घटना हुन सक्छ त्यसमा पनि उनको ब्लड ग्रुप एकदमै बिरलै पाइने ‘बि नेगेटिभ’ थियो यस्तो अवस्थामा पनि आर्मी, पोलिसतथा सशस्त्रमा सम्पर्क गरेर रगत जम्मा गरेर रातिको १ बजे तिर अपरेसन गर्यौं । सफल पनि भयौं । के असफल भएको भए हामी मान्छे मार्ने दानव कहल्लिन्थ्यों कि रु कता कता प्रश्नले दिमागमा हान्छ । ब्लड खोज्ने मेरो जिम्मा होइन भनेर म र मेरो टिम सजिलै उम्कन सकिन्थ्यो तर हामी भित्रको मानवताले त्यसो गर्न दिएन र हामी सेवामा लाग्यौं ।
सेवामा सधै सफल हुन सकिदैन । सयौं सेवामा एक दुई सेवा सफल नहुँदा मै हामी दानव भयौं रुमान्छे मार्ने मेसिन भयौंरु यस्तो चरम सोचाईले सेवा दिन पनि गार्हो हुन्छ र लिन पनि गार्हो हुन्छ । सेवा गर्दागर्दै दुर्घटना भयो भने उपचार गर्ने डाक्टरले क्षतिपुर्ति दिनु पर्ने रे। अरे बाबा, उपचार गर्दा डाक्टर मात्र संलग्न हुन्छरु उपचारमा त टिम पो संलग्न हुन्छ रु स्वीपर र क्लिनर देखि नर्स, एच ए, अहेब संगै ल्याब, एक्स रे तथा फार्मेसीको कर्मचारी सम्म हुन्छन । उनीहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ । उपचार गर्ने क्रम मा लापरबाही ठहरिएमा किन कसले कसरी गर्यो भन्ने अनुसन्धान पो हुनु पर्यो ।सोझै डाक्टरलाई दोष लगाएर हुन्छ ?
यसले सामान्य भन्दा सामान्य बिरामी पनि रेफर हुने सम्भावना हुन्छ आखिर घाटा तथा मार कसलाईरु जनतालाई नै त हो नि त्यसमा पनि गरिब जनतालाई । किनकी धनी त स्वदेशमा मात्र नभई विदेशमा पनि सेवा लिन जान सकिहाल्छन् ।
त्यसैले डाक्टरलाई सुरक्षित रुपमा काम गर्ने वातावरणदिनु पर्छ भनेर चिकित्सा समाज मात्र नभएर हरेक जनता हरेक पेशाकर्मी लाग्नु पर्छ। यदि डाक्टरलाई बचाउन सक्नु भएन भने जनता बचाउन सक्नु हुन्न जनता नै रोगी भए देश कसरी स्वस्थ हुन सक्छ ।
डा पच्या गुल्मी जिल्ला अस्पतालमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]