नेपाल नेशनल हस्पिटलद्धारा सीपीआर तालिम सम्पन्न


काठमाडौँ, ७ असोज । नेपाल नेशनल हस्पिटलले आफूकहाँ कार्यरत चिकित्सक, नर्स, कर्मचारी लगायत कलंकी क्षेत्रका स्थानिय एवम् प्रहरीहरुलाई लक्षित गरि सीपीआर तालिम (आधारभुत जीवन रक्षा तालिम) सम्पन्न गरेको छ ।

सो तालिम मार्फत सहभागीहरुलाई आकस्मिक अवस्था वा दुर्घटनामा परी अचेत भएका व्यक्तिहरुलाई सीपीआर दिने तरिकाका वारेमा सैद्घान्तिक तथा प्रोगात्मक दूवै रुपमा प्रशिक्षण दिइएको थियो ।

यस तालिमले आफूलाई निकै नै लाभ भएको र आवश्यक अवस्थामा यस दक्षताको प्रयोग गर्ने आत्मविश्वास वढेको अनुभव कार्यक्रममा उपस्थित सहभागीहरुले व्यक्त गरेका थिए । यस प्रकारको तालिम क्रमशः आम समुदायसम्म पुग्नुपर्ने र यसका लागि नेपाल नेशनल हस्पिटलले आउदा दिनहरुमा पनि सक्दो सहयोग र समन्वय गर्ने कुरा अस्पतालका निर्देशक डा. प्रकाश पौड्यालले बताए ।

यस कार्यक्रममा प्रशिक्षकको रुपमा हेल्थ कन्र्सनका संस्थापक डा. सुवास प्याकुरेलले भुमिका निर्वाह गरेका थिए ।  त्यसैगरि कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाका वडा नं. १४ का वडा अध्यक्ष शोभा सापकोटाले यस प्रकारको तालिमलाई अझ धेरै व्यक्तिहरुको ज्ञानभित्र पार्नको लागि स्थानीय निकाय कुनै पनि सहकार्य गर्न तयार रहेको जानकारी उनले आफ्नो बक्तव्यमा परेकी थिइन् ।

त्यसो त अधिकांश देशहरुमा यस प्रकारको जीवन रक्षा गर्ने तालिम १८ वर्ष नाघेका प्रत्येक नागरिकले दिने गरिन्छ ।    सोहि कार्यक्रममा अस्पतालले प्रत्येक महिनाकोझैँ आश्विनको उत्कृष्ट कर्मचारीका रुपमा डा. रुक्सना तुम्रोकलाई पुरस्कृत गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *