चीन सरकारद्धारा आयुर्वेदिक चिकित्सामा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँ, ६ असोज । नेपालको आयुर्वेदिक चिकित्सा सेवामा चीनले थप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । उसले आयुर्वेद चिकित्सा सेवा, अनुसन्धान र जडिबुटिको उत्पादनमा थप सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

शुक्रबार स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलसंग भेट गर्न आईपुगेका नेपालका लागि चिनियाँ राजदुत उ होङले यस्तो बचन दिएका हुन् । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री पोखरेलसंगको भेटमा राजदुत होङले नेपाल सरकारका प्राथमिकताका आधारमा चीनले सहयोग गर्ने बताए ।

छिमेकी मित्रराष्ट्रको नाताले नेपालसंग समुधुर सम्बन्ध रहेको बताउँदैं राजदुत होङले नेपाल सरकारका तर्फबाट ल्याएका योजनालाई सधैं सहयोग गर्न तत्पर रहेको बताए ।

भेटमा स्वास्थ्य मन्त्री पोखरेलले देशभर प्रदेश स्तरमा आयुर्वेद सेवाको विस्तार गर्ने तयारी गरिएको बताए । उनले दुई देशबीचको सम्बन्ध मतबुद रहेको उल्लेख गर्दै चीन सरकारले गर्ने भनिएको प्रतिवद्धता प्रति धन्यवाद दिए । मन्त्री पोखरेलले भक्तपुरको दधिकोटमा वीर अस्पतालको बिस्तारको लागी सहयोग गर्न आग्रह गरे । यस्तैं कम्युनिष्ट आन्दोलनका नेता नरबहादुर कर्माचार्यका नाउँमा क्यान्सर हस्पिटल खोल्नको सहयोगको अपेक्षा गरिएको बताए ।

 

यता स्वास्थ्यमन्त्री पोखरेलसंग आजै नेपालका लागि कोरियाका राजदुत पार्क योङ सिकले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री पोखरेलसंगको भेटमा राजदुत सिकले नेपाल र कोरिया बिचको सम्बन्ध प्रगाढ र सुमधुर रहेको बताउँदैं सहकार्यको निरन्तरताको लागि अपेक्षा राखिएको बताए । उनले नेपालको स्वास्थ्य बिमा कार्यक्रममा सहयोग गर्न तथा अनुभवन आदान–प्रदान गर्न कोरिया सरकार तयार रहेको बताए ।

भेटमा स्वास्थमन्त्री पोखरेलले दुईदेश बिचको सहकार्यको लागी अनुरोध गर्दै कोरियामा रहेका नेपाली कामदारहरुको सुरक्षा र रोजगारीको व्यवस्थापनका बिषयमा चिन्ता व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *