ओम अस्पतालमा मृत्यु भएकी कमला स्वास्थ्य चौकीकी सीअहेव
काठमाडौँ, २९ भदौ । ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा ज्यान गुमाएकी कमला भट्टराई सीअहेव रहेको थाह भएको छ । उनी रुपन्देही जिल्लाको बुटवलस्थित शंकनगर स्वास्थ्य चौकीमा कार्यरत थिइन ।
जन्मजात केही टेडो भएको नाकले बेला बेलामा दुख दिने गरेको भन्दै उनी स्थायी समाधानको लागि शल्यक्रिया गर्ने योजनामा पुगेकी थिइन । शल्यक्रिया गरि नाक भित्रको कुरकुरे मिलाए स्थायी समाधान हुने चिकित्सकले सल्लाह दिएपछि सोही अनुसार उनी शुक्रबार ओम अस्पतालमा आई भर्ना भएको पारिबारिक श्रोतले जनाएको छ ।
शनिबार भएको शल्यक्रियापछि बेडमा सारि सकेको उनलाई सेप्टीसेमिया भएपछि ज्यान गएको अस्पतालले जनाएको छ । परिवार तथा आफन्तले भने चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् ।
यसैबीच नेपाल स्वास्थ्यकर्मी संघ , नेपाल कर्मचारी युनियनले मृतक भट्टराईको विषयमा छानवीन गरी सत्यतथ्य बाहिर ल्याई दोशी भेटिए कारबाही गर्न माग गरेको छ । परिवारसंग एकेवद्धता जनाउन स्वास्थ्यकर्मीका पदाधिकारी तथा सदस्यहरु आज विहानै देखि अस्पतालमा पुगेका छन् ।
सम्पर्क इमेल : [email protected]