उच्च स्तरीय स्वास्थ्य नीति परामर्श समितिको बैठक सम्पन्न

काठमाण्डौं २५, भदौं । संघीय संरचना अनुसार स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समिति अन्र्तगतको उच्च स्तरिय स्वास्थ्य नीति परामर्श समितिको बैंठक सम्पन्न भएको छ ।

बैंठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले साझा सहमती गरेर चाँडो भन्दा चाँडो ड्राफ तयार गर्न निर्देशन दिए । उच्च स्तरीय समितिको अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले संविधानको मुल पक्षलाई समेटेर स्वास्थ नीति बनाउनुपर्नेमा जोड दिए ।

उनले प्रादेशिक चुनाव हुनु अघि नैं स्वास्थ्य नीतिको ड्राफ तयार समितिका सदस्यहरुलाई निर्देशन पनि दिए । राष्ट्रिय स्वास्थ्य नीति महत्वपुर्ण बिषय भएकोले सबैंको सहयोगको अपेक्षा गरिएको मन्त्री पोखरेको भनाई थियो ।

नयाँ स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समितिले आफ्नो कामलाई तिब्रता दिएको छ । आज भएको बैंठकमा स्वास्थ्य नीतिमा समेटने विषय, समितिले गठन गरेको कार्यदल र दातृ निकायले गर्ने सहयोगमा केन्द्रीत थियो ।

स्वास्थ्यका विषयलाई संघीयतामा लैजान तथा संविधानमा उल्लेखित विषयलाई नीतिगत रुपमै समाविष्ट गर्न गत ५ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्री पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिको कार्यकारी उपाध्यक्षमा पूर्व राजदूत डा. महेश मास्के रहेका छन् । सदस्य सचिव स्वास्थ्य मन्त्रालयको सचिव हुने व्यवस्था मिलाइएको छ । सो समितिल नयाँ संरचना अनुसार नीति बनाउन ९ वटा कार्यदल र एउटा परामर्श समिति गठन गरे परेको थियो । सोही अनुसार आज परामर्श समितिको बैंठक बसेको समितिका सदस्य डा.शरद वन्तले जानकारी दिए ।

बैठकले आगामी मंसिरमा हुने केन्द्र र प्रदेशको निर्वाचन अगाडि नै नीतिको पहिलो मस्यौदा बनाएर सरकारलाई बुझाउने तयारी गरेको वन्तले बताए । समितिले नीति निर्माणका लागि गोष्ठी र छलफलका साथै ईमेल र अनलाइनबाट पनि सुझाव संकलन गर्ने जनाएको छ ।

आजको बैठकमा समितिका कार्यकारी उपाध्यक्ष डा. महेश मास्के, सदस्यहरु डा. बद्रीराज पाण्डे, डा.शरद वन्त, डा. पुष्पा चौधरीको उपस्थिती रहेको थियो ।

त्यस्तैं बैंठकमा परामर्श समितिका डा.मदन उपाध्याय, डा. रिता थापा, डा. रमेशकान्त अधिकारी, डा.भरत प्रधान, डा. सरोज धिताल, डा. अर्जुन कार्की, डा.अरुणा उप्रेती लगायतका विज्ञहरु समेत सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *