मानसिक रोगको सहि उपचार नहुँदा काभ्रेमा देखियो समस्या

Depression

बनेपा, २२ भदौ । तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन् ।

चालु आर्थिक बर्षको डेढ महिनामा जिल्लामा २८ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयले आत्महत्या गर्नेहरु मध्ये १४ जना झुण्डिएर र बाँकी १४ जनाले बिष सेवन गरेका छन् ।

धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डो¥याएको उल्लेख गर्दै आत्महत्याका विभिन्न कारक तत्व हुन्छन् भने ।

डा रिसालले भने– “जुन विषय बाहिर आएको हुन्छ त्यो नहुन सक्छ, कहीँ न कहीँ मानसिक रोगको प्रभावले नै आत्महत्या निम्ताएको हुन्छ ।”

जिल्लामा चालु आव २०७४÷०७५ को साउन १ देखि भदौ १६ गतेसम्म मात्रै २८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये १४ जनाले झुण्डिएर र १४ जनाले विष खाएर आत्महत्या गरेका छन् ।

त्यस्तै, आव २०७३÷०७४ को एक वर्षमा ९८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ५९ जनाले विष खाएर र ३९ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

उनले सामान्य झै–झगडाको प्रतिशोध, अशिक्षा, गरिबी, प्रेममा असफलताका कारण आत्महत्या बढी भएको उल्लेख गर्दै यसलाई रोकथामका लागि छिट्टै जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्न आवश्यक भएकोमा जोड दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *