मंसिरभित्रै प्रतिवेदन ल्याउने गरी उच्चस्तरीय समितिले काम थाल्यो

काठमाडौँ, २० भदौ ।संविधानको मर्म र व्यवस्था अनुरुप स्वास्थ्य सेवा कार्यान्वयन गर्न तथा संघीय संरचनाअनुरुप स्वास्थ्य सेवालाई अघि बढाउन सरकारले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु गरेको छ ।

गत ५ भदौमा बसेको मन्त्री परिषदको बैठकले संविधानमा उल्लेख भएका स्वास्थ्य सम्वन्धी व्यवस्थालाई नीतिगत रुपमै सम्वोधन गर्न स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा एघार सदस्यीय उच्चस्तरीय समिति बनाएको थियो ।

सो समितिको आज पहिलो पटक स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले कार्यायोजना, कार्यलद गठन, सुझाव संकलन, बजेट कार्यान्वनय लगायतका विषयमा छलफल गरेको थियो ।

बैठक पछि सम्छिप्त कुराकानी गर्दै समितिका कार्यकारी उपाध्यक्ष डा महेश मास्केले विभिन्न विषयका नौ वटा कार्यदल बनाउने निर्णय भएको भन्दै आगामी बैठकमा त्यसको टुंगो लाग्ने बताए । उनले संविधानले प्रत्याभूत गरेका कुरालाई कसरी सविधानमा समेटन सकिन्छ भनेर सुझाव प्रतिवेदन उपलव्ध गराउने बताए । उनले नबगठित समितिले आगामी मंसिरमा हुने चुनाव अगावै एउटा ड्राफ्ट तयार पारेर सरकारले बुझाउने समेत जानकारी दिए ।

सरकारको ५ भदौको निर्णय अनुसार गठित उच्चस्तरीय समितिमा मन्त्री पोखरेल अध्यक्ष र डा मास्के उपाध्यक्ष सहित सदस्यहरुमा डा बद्रराज पाण्डे, डा सरद वन्त, डा सेनेन्द्रराज उप्रेती, डा पदम बहादुर चन्द, डा वाईपी सिंह, दयालक्ष्मी बैद्य, डा बासुदेव उपाध्याय छन् ।मन्त्रालयकै प्रमुख विशेषज्ञ पुष्पा चौधरी सो समितिको सदस्य सचिव छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *