१६ महिने बालिकाको मृत्युपछि नर्भिक अस्पताल तनावग्रस्त
काठमाडौँ, १३ भदौ । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि थापाथलिस्थित नर्भिक अस्पताल तनावग्रस्त भएको छ ।
मृतकका परिबार तथा आफन्तले चिकित्सककको लापरबाहीको कारण बच्चाको मृत्यु भएको भन्दै चिकित्सक तथा अस्पतालविरुद्ध प्रदर्शन गरेका छन् ।
अस्पतालले भने चिकित्सकको लापरबाही भएको भन्ने आफन्तको आरोपको खण्डन गरेको छ ।
विहान साढे ९ बजे नर्भिक पुरयाइएकी १६ महिने बालिका भिक्टोरिया आचार्यको इमरजेन्सी वार्डमै मृत्यु भएको थियो । ‘पाँच दिन देखि बाहिरको अस्पतालमा निमोनियाको उपचार भईरहेको रहेछ । त्यहाँ सकिदैन भनेपछि आफन्तहरुले आज यहाँ ल्याउनु भएको थियो । तर अवस्था एकदमै क्रिटिकल थियो । सामान्य परीक्षण गर्दा गर्र्दै बच्चाको ज्यान गयो,’ नर्भिकका जनसम्पर्क अधिकृत आरपी मैनालीले बताए ।
करीब १२ बजे तिर बच्चाको मृत्यु भएपछि जम्मा भएका आफन्तहरुले चिकित्सक र अस्पताल विरुद्ध नाराबाजी गरी तोडफोडको प्रयास गरेको थियो । तर तत्काल पुगेको प्रहरीले अस्पताल तोडफोड हुनबाट जोगाएको छ ।
अहिले मृतकका आफन्त र अस्पताल प्रशासनबीच बार्ताको प्रयास भईरहेको छ ।
सम्पर्क इमेल : [email protected]