बीरगञ्जका डा. अग्रवालमाथि आक्रमण, जेल वीथ आउट बील लागू गर्न माग

काठमाडौँ, १२ भदौ । नेपाल चिकित्सक संघले बीरगञ्जका चिकित्सक डा. संजयकुमार अग्रवाल माथि भएको घटनाको छानवीन गरि दोशी माथि कडा कारबाही गर्न माग गरेको छ ।

एडभान्स मेडिकियर अस्पतालमा कार्यरत डा. अग्रवाललाई गत शनिबार एक हुल जथ्थाले दुव्र्यवहार तथा कुटपिट गरेका थिए । संघले आज विज्ञप्ती जारी गर्दै डा अग्रवालले आफ्नो पेशागत दायित्व निर्वाह गर्दै विरामीको सहज उपचारमा सम्लग्न भईरहेका बेला अनावश्यक बखेडा झिकी उनीमाथि सांघातिक आक्रमण भएको जनाएको छ ।

उसले चिकित्सकमाथि दुव्र्यवहार तथा हातपात गर्नेमाथि ‘जेल वीथ आउट बील’को अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने बताएको छ ।

यसगरी सोही घटनालाई लिएर डाक्टर सोसाइटी अफ नेपाल (डीएसओएन)ले पनि घटनाप्रति दुख व्यक्त गर्दै कडा कारबाहीको लागि ‘जेल वीथ आउ बील’ हुनुपर्ने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *