संविधानमा उल्लेखित स्वास्थ्यका विषय नीतिमा राख्न बन्दैछ उच्चस्तरीय समिति

काठमाडौँ, १२ भदौ । स्वास्थ्य मन्त्रालयले संविधानमा उल्लेख भएका स्वास्थ्यका विषयहरुलाई नीतिगत रुपमा सम्वोधन गर्न उच्चस्तरीय समितिको प्रस्ताव गरेको छ ।

स्वीकृतिका लागि हाल मन्त्री परिषदमा पठाइएको सो समितिको अध्यक्ष स्वास्थ्य मन्त्री र सदस्यसचिवमा स्वास्थ्य सचिव रहने प्रस्ताव गरिएको छ ।

मन्त्रालय स्रोतका अनुसार समितिको उपाध्यक्षमा चीनका लागि नेपालका पूर्व राजजुत डा महेश मास्के रहेका छन् । सदस्यहरुमा निवर्तमान पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती, डा. पदमबहादुर चन्द, डा. बद्रीराज पाण्डे, प्राडा. शरद वन्त, प्राडा. वाईपी सिंह, दया लक्ष्मी श्रेष्ठ रहेका छन् ।

‘उच्चस्तरीय स्वास्थ्य नीति निर्माण समिति’ नाम दिइएको उक्त समितिले संविधानले उल्लेख गरेका स्वास्थ्यका विषयलाई अव बन्ने स्वास्थ्य नीतिमा कसरी सम्वोधन गर्ने भन्ने विषयमा निचोड निकाल्ने छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले उच्चस्तरीय समितिको लागि प्रस्ताव मन्त्रीपरिषद्मा पठाइएको तर त्यसको अन्तिम निर्णय नभईसकेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *