बाढी पीडितको सहयोगार्थ औषधि आयातकर्ता संघले दियो १० लाख
काठमाडौँ,२ भदौ । नेपाल औषधि आयातकर्ता संघले तराईका बाढी पीडितको सहयोगार्थ सरकारलाई १० लाख हस्तान्तरण गरेको छ । संघले आज विहान स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
संघका महासचिव पवन आचार्यले बाढी पीडित जनताका लागि सहयोग तथा राहत दिने उदेश्य अनुरुप प्रधानमन्त्री कोषमा जाने गरी रकम हस्तान्तरण गरेको बताए ।
उनले आवश्यक परेको खण्डमा संघले थप सहयोग गर्ने समेत बताए । ‘कसैलाई दुख पर्दा कसैले सहयोग त गर्नुनै पर्छ । हामीले पनि त्यहि गरेका हौँ । आज बाढी पीडितका लागि सानो सहयोग उपलव्ध गराएका हौँ ,’ आचार्यले भने ।
चेक हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष अंजन पुडासैनी सहित अन्य पदाधिकारीहरुको उपस्थिति थियो । सहयोग रकम बुझेपछि स्वास्थ्य मन्त्री पोखरेलले संघले पुन्य कार्य गरेको भन्दै निजी क्षेत्रसंग सरकारको सहकार्य जारी रहने बताए ।
सम्पर्क इमेल : [email protected]