अबिरल बर्षाले तराई क्षेत्र डुवायो : कहाँ-कहाँ के भयो ?

काठमाडौँ, २८ साउन । हिजोबाट परेको अविरल बर्षा पछि आएको बाढी पहिरोले देशभा विभिन्न स्थानका स्वास्थ्य संस्थामा असर पुरयाएको प्रारम्भिक जानकारी आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाढीको कारण रौतहटको गंगापिपरा प्राथमिक स्वास्थ्य केन्द्र डुबानमा परेको छ । त्यस्तै पतौरा प्राथमिक स्वास्थ्य केन्द्र पनि डुबानमा परेको छ । उक्त केन्द्रको कम्पाउण्डको वाल भत्काएको छ ।  यस्तै दुइवटा पानी ट्याङ्की बाढीले बगाएको छ ।
गंगापिपरामा कार्यरत कर्मचारी प्राथमिक स्वास्थ्य केन्द्र भित्रै फसेका छन् । स्थानीयले स्वास्थ्यकर्मीको उद्धार गर्न थालेका छन् । उक्त ठाँउमा तीनफिट पानी जमेको कारण उद्धारमा समेत कठिनायी भएको छ ।

यद्धपी उत्त क्षेत्रका स्वास्थ्यकर्मीहरु बाढी प्रभावित क्षेत्रमा उपचारमा खटिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सुनसरी, झापा, मोरङ्ग देखि महेन्द्रनगरसम्मका क्षेत्रमा आवश्यक औषधिहरु अभाव हुन नदिएको जनाएको छ ।

फत्तेपुर स्वास्थ्य चौकीको सबै औषधि नष्ट
बाँकेको फत्तेपुर स्वास्थ्य चौकीको सबै औषधिहरु बाढीको कारण नष्ट भएको छ । स्वास्थ्य चौकीको एक तला भवन डुबेको छ ।स्वास्थ्यकर्मीहरुलाई छुट्टै घरमा राखेर सर्वसाधरणको उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । झापाका स्वास्थ्य चौकीमा भने बाढीको कारण खासै असर गरेको छैन । बाढी प्रभावित क्षेत्रमा रहेका जिल्ला अस्पताल, अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई उच्च सतर्कतामा बस्न दिर्नेशन दिइएको छ ।

उच्च सतर्कतामा बस्न दिर्नेशन

शनिबार बिहान स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा बसेको आकस्मिक बैठकले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्त बनाउने निर्णय गरेको छ ।

बैठकमा स्वास्थ्य सचिव डा. किरण रेग्मी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्त र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भिम आचार्य सहितको टोली सहभागी थियो । बैठकले बाढी प्रभावित क्ष्ँोत्रमा औषधि तथा स्वास्थ्यकर्मीको सम्र्पूण व्यवस्था मिलाइसकेको जनाएको छ ।

मन्त्री पोखरेलले सचिव ,महानिर्देशक लगायतका पदाधिकारीलाई बाढी पहिरो क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । यसको लागि मन्त्रालयमा छुट्टै युनिट गठन गरिएको र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभागलाई उच्च सतर्कतामा राखिएको सचिवालयले जनाएको छ ।

सोही अनुसार तत्काललाई पूर्वाञ्चलमा डा. भेषराज पोखरेललाई जिम्मा दिइएको छ भने मध्यमाञ्चलका लागि डा. क्षेत्रीय निर्देशक डा. वासुदेव पाण्डेलाई जिम्मा दिइएको छ ।

यस्तै औषधि उपचारको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाका निर्देशक डा. भिम आचार्यलाई जिम्मेवारी बाँडफाड गरिएको छ । स्टोरको जिम्मा भने भरत शाहलाई दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *