बार्ताका लागि सरकारी टोली शिक्षा मन्त्रालयमा, डा. केसी पक्ष गएन
काठमाडौँ, २८ साउन । सरकार र डा गोविन्द केसी पक्षबीच आज २ बजे बस्ने भनिएको बार्ता अहिलेसम्म सुरु हुन सकेको छैन । डा केसी पक्ष नगएपछि बार्ता सुरु हुन नसकेको हो । यद्धपी डा केसी पक्षले आफूलाई जानकारी नै नभएको बताएको छ ।
डा केसीले संसदीय समितिबाट हिजो पास भएको चिकित्सा शिक्षा विधेयकले आफ्नो माग पुरा नगर्ने भनेपछि सरकार र डा केसी पक्षबीच हिजो राती भएको बार्ता एकाएक स्थगित भएको थियो । सरकारी पक्षले अरु सरोकारवाला समेतलाई राखेर आज २ बजेका लागि बार्ता गर्ने निधो गरेको थियो ।
सो बार्ताका लागि चिकित्सक संघका प्रतिनिधी, सरकारी चिकित्सक संघका प्रतिनिधी, माथेमा आयोगका प्रतिनिधीहरु समेत दुई बजे नै मन्त्रालयमा पुगि बसेका छन् । तर डा केसी पक्ष मन्त्रालय पुगेको छैन् । चिकित्सक संघका महासचिव डा लोचन कार्कीले आफूहरु बार्ताकै लागि मन्त्रालयमा रहेको भन्दै डा केसी पक्षका टोलीलाई पर्खेर बसेको बताए ।
यता डा केसी पक्षका एक जना सदस्य डा अभिशेकराज सिंहले आफूहरुलाई बार्ताको लागि निमन्त्रणा नभएको बताए । ‘हामीलाई थाहै भएन त्यसैले नगएको हो,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]