मेडिकल कलेज सम्बन्धनको जिम्मा आयोगलाई दिने गरी विधेयक अघि बढाइने

काठमाडौँ, २७ साउन । नयाँ मेडिकल कलेज सम्वन्धनको निर्णय चिकित्सा शिक्षा आयोगले गर्ने गरी चिकित्सा शिक्षा विधेयक अघि बढाउने विषय सहमति नजिक पुगेको छ । डा गोविन्द केसीको अनसन १९ दिनसम्म पनि निकास निस्कने छाँट नआएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान ११ उच्चस्तरीय बैठक डाकेका थिए ।

उनीहरुसंगकै छलफलका आधारमा प्रधानमन्त्री देउवाले बैठकमा रहेकी महिला बालबालिका जेष्ठनागरिक तथा समाजकल्याण समितिका सभापति रन्जु झालाई सम्वन्धनको पाटोलाई चिकित्सा शिक्षा आयोगको जिम्मा दिने गरी विधेयक अघि बढाउन निर्देशन दिएका थिए ।
झाले अहिले तीन बजे बस्ने बैठकमा सोही ढगले प्रस्ताव गर्नेछिन् । त्यसमा समिति सदस्यहरुले सहमति जनाए आजै विधेयक टुंगिनेछ । डा केसीलाई अनसन तोडाउने अवस्था हुनेछ ।

बालुबाटारको बैठकमा उपप्रधान तथा शिक्षामन्त्री गोपाल मान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, महिला बालबालिका, जेष्ठनागरिक तथा समाजकल्याण समितिका सभापति रन्जु झा, केदारभक्त माथेमा, डा अर्जुन कार्की, डा भगवान कोइराला लगायतका प्रतिनिधीहरु थिए ।

उनीहरुकै सुझावका आधारमा उच्चस्तरीय बैठकले नयाँ विकल्प अघि सारेको हो । बालुवाटार बैठकले दिएको विकल्प अनुसार समापति झाले प्रस्ताव गर्ने र सदस्यहरुले समर्थन गर्ने योजना छ । त्यसका लागि कांग्रेस र माओवादीले आफ्ना दलका सांसदलाई निर्देशन दिइसकेका छन् । तर एमालेले के गर्छ भन्ने अझै भन्न सकिएको छैन् । यदि एमालेले समेत सो प्रस्तावलाई समर्थन गरयो भने विधेयक आजै पास हुने सम्भावना छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *