चिकित्सा शिक्षा विधेयकमा प्रधानमन्त्रीको चासो, विहानको समिति बैठक स्थगित
काठमाडौँ, २७ साउन । चिकित्सा शिक्षा विधेयकको विषयमा छलफल गर्न आज विहान ८ बजे बस्ने भनिएको संसदको महिला बालबालिका जेष्ठनागरिक तथा समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालले सो विषयमा चासो जनाउँदै सरोकार तथा विज्ञसंग छलफल गर्न खोजेपछि विहानको लागि तय गरिएको बैठक दिउसो २ बजेसम्मका लागि स्थगित भएको हो ।
विहान आठै बजे समिति सदस्य तथा पत्रकारहरु समितिको कार्यालय पुगेका थिए । तर प्रधानमन्त्री कार्यालयबाट आएको सूचना सुनाएर बैठक स्थगित भएको जनाइएको थियो ।
प्रधानमन्त्री देउवाले आज समितिका सभापति, कार्यादलका सदस्यहरु , माथेमा आयोगका सदस्यहरु , शिक्षा र स्वास्थ्य मन्त्रालयका मन्त्री सचिवहरुसंग एक चरण छलफल गर्न खोजेको बैठक सुरु हुनु अगावै जानकारी गराइएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले उच्चस्तरीय टोलिसंग अहिले विहान ११ बजे छलफल गर्दैछन् ।
समितिको विधेयक कार्यदलले उपत्यकामा नै पाँच वटा मेडिकल कलेज खोल्न सक्ने राय सहितको निर्णय गरेपछि चिकित्सा शिक्षा विधेयक झनै पेचिलो बन्दै आएको छ ।
सम्पर्क इमेल : [email protected]