अस्पतालका प्रमुखलाई निजी प्राक्टिसमा रोक लगाउने योजना पुन: व्युँतिदै

काठमाडौँ, २६ साउन ।  स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले अस्पतालका प्रमुखहरुलाई निजी प्राक्टिसमा रोग लगाउने योजना अघि सारेका छन् । यसअघि यहि योजना तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले पनि अघि सारेका थिए । तर उनी यस कार्यमा सफल भएका थिएनन् । उनले मन्त्रालयसंग स्विकृति लिएर मात्रै निजी प्राक्टिस गर्नुपर्ने व्यवस्था गराएका थिए ।

मन्त्रालय मातहतका क्षेत्रीय निर्देशकहरुसंगको भेटमा मन्त्री पोखरेलले सरकार अस्पताल सुधार गर्न प्रमुख पदको व्यक्तिले बाहिर प्राक्टिस गर्नु नहुने भन्दै निजी प्राक्टिस गर्न रोक लगाउने योजना अघि सार्ने योजनाको बारेमा छलफल गरेका थिए । उनले क्षेत्रका सबै प्रमुखलाई स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालिन कार्ययोजना बनाउन निर्देशन दिए ।

दुई नम्बर प्रदेश अन्र्तगतका अस्पतालहरुमा सुधार गर्नुपर्ने देखिएको छ, तुरुन्तैं कार्ययोजना बनाएर काम शुरु गर्नुस मन्त्री पोखरेलले भने – मन्त्रालयको कामलाई व्यवस्थित गर्ने र जनशक्तिको व्यवस्थापन गर्न जरुरी छ ।

कर्मचारी भनेको स्थायी सरकार भएको बताउँदैं मन्त्री पोखरेलले मन्त्री जो आएपनी फरक नपर्नेगरी व्यवस्थित कार्ययोजना बनाउन निर्देशन दिए । स्वास्थ्य समस्यामा परेका आम नागरिकको गुनासो सुन्नको लागी मन्त्रालयमा गुनासो डेस्क स्थापना गर्ने बताए ।

उनले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापन गर्न र सवेंदनशिल भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जनशक्ति, औंषधी, उपकरण र पुर्वधार को व्यवस्थापन गर्नुपर्ने मन्त्री पोखरेलले बताए ।

मन्त्री संगको भेटमा सहभागी मन्त्रालयका पदाधिकारीहरुले सरकारी संयन्त्र काम गर्न नसकेको बताएकाछन् । सरुवा भएर गएका डाक्टरहरु बिचमा नैं हराउने, क्षेत्रमा पाँच जना डाक्टर राख्नुपर्ने जहाँ डाक्टर आवश्यक छ त्यही पठाउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको औंल्याएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *