आइओएम डीन कार्यालयमा लगाइएको ताला ३७ दिन पछि खुल्यो

काठमाडौँ, २५ साउन । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयमा लागेको ताला ३७ दिन पछि खुलेको छ । महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमबीच ६ बुँदे सम्झौँता भएपछि ताला खुलेको हो ।

स्ववियू सभापति डा. मिलन गैरेले आफ्ना माग पुरा गर्ने डीन कार्यालयको प्रतिवद्धता पछि ताला खोलिएको जानकारी दिए । माग पुरा गर्ने सम्वन्धमा हामी गत सोमबारदेखि बार्तामा बसेका थियौँ । हाम्रा मागका सम्वन्धमा डीन कार्यालय सकारात्मक भयो । कुरा मिल्यो । अघि विहान १० बजे ताला खोलिदियौँ र आन्दोलन स्थगित भएको घोषणा गरेका छौँ ।

स्ववियुले उठाएको मुख्य माग छ महिना ढिला भर्ना भएको विद्यार्थीको सम्वन्धमा आउँदो शैक्षिक सत्रमा किष्ट मेडिकल कलेजमा एक कोटा घटाएर भर्ना गर्न पहल गर्ने सम्झौँतामा उल्लेख छ । त्यस्तै विपन्नता आरक्षणमा पढेको विद्यार्थीको सम्वन्धमा पनि छानवीन अघि बढाउने , कम्युनिटी पोष्टिङमा जानेलाई भत्ता सुविधा मन्त्रालयबाट प्राप्त हुनासाथ उपलव्ध गराउने र मेरिटका आधारमा तोकिएको शुल्कमा अध्ययनको व्यवस्था गर्ने भन्ने छ ।

डीन कार्यालयले स्ववियुको माग एक महिना भित्र पुरा गर्न प्रयास गर्ने जनाएको छ । बार्तामा स्ववियुका तर्फबाट डा मिलन गैरे, घनश्याम पाण्डे, केशव आचार्य सहभागी थिए । त्यस्तै आइओएमका तर्फबाट प्राडा राजेन्द्रप्रसाद गुरागाईँ, प्राडा वाईपी सिंह, प्राडा द्धारिकाप्रसाद श्रेष्ठ सहभागी थिए । सहप्राडा प्रदीप ज्ञवाली, कर्मचारी भोला सिग्देल आमन्त्रित सदस्यका रुपमा थिए ।

स्ववियुले विभिन्न ६ बुँदे माग राखी गत १९ असार देखि डीन कार्यालयमा ताला लगाएको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *