फोकलानको टापुमा के रोग फैलियो यस्तो ..?

मोरङ, २३ साउन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सुुन्दर हरैचा ५ फोकलान टापूमा फैलिएको अज्ञात रोगको अनुसन्धान सुरु भएको जनाएको छ ।

एकै किसिमको लक्षणबाट दुई बालबालिकाको ज्यान गएको र अन्य केही बालबालिकाका समेत सो लक्षण देखा परेपछि परिषदले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, जनस्वास्थ्य कार्यालय मोरङ तथा कोशी अञ्चल अस्पतालसंग समन्वय गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

परिषदले सोमबार नै अनुसन्धानको प्रारम्मिक प्रतिवेदन सार्वजनिक गर्दै विरामीको रगत परीक्षण गर्दा केही व्यक्तिमा लेप्टोपाइरोसिस जीवाणु भेटिएको जनाएको छ । सो टोलीले अहिले सबै व्यक्तिको रगत संकलन गरी विषेश परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइसकेको समेत जानकारी दिएको छ ।

रोग प्रभावित क्षेत्रका मानिसहरुमा ३८ डिग्री माथि ज्वरो आउने, रिगांटा लाग्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएका थिए । परिषदका अध्यक्ष डा अन्जनीकुमार झाले उक्तरोग सरसफाईको कमी, घरपालुवा जनावरसंगको अति निकटता, सडेगलेको मासु खाँदा फैलिएको हुनसक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *