डा. केसीलाई अनसन स्थगित गर्न स्वास्थ्य मन्त्रीको आग्रह
काठमाडौँ, २२ साउन । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले डा गोविन्द केसीलाई अनसन फिर्ता लिन पुन आग्रह गरेका छन् । उनले संसदको सार्वभौम अधिकारलाई सम्मान गर्दै अनसन फिर्ता लिन आग्रह गरेका हु्न् ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले डा केसीको प्रमुख माग चिकित्सा शिक्षा विधयेक संसदीय प्रक्रिया अनुसार अघि बढीसकेको भन्दै प्रक्रिया पुरा गर्न दिन आग्रह गरे । ‘मेरो आग्रह यति छ कि त्यो चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा छिरिसकेको छ । र त्यो पास हुने आफ्नै नियम र प्रक्रिया हुन्छ । त्यसका लागि केही समय लाग्छ नै । यो संसदको सार्वभौम अधिकार पनि हो । यसको सबैले सम्मान गर्नुपर्छ,’ उनले भने ।
मन्त्री पोखरेलले डा केसीको आन्दोलन जति छिटो स्थगित भयो त्यति नै छिटोे ऐन पारित हुने ठोकुवा गरे । उनले पटक पटक अनसन बस्नुपर्ने अवस्था आउन नदिन आफू लागि परेको भन्दै त्यसका लागि धैर्य राख्न समेत डा केसीलाई आग्रह गरे ।
सम्पर्क इमेल : [email protected]