डा. गोविन्द केसीका समर्थकद्धारा राजधानीमा प्रदर्शन
काठमाडौँ, २१ साउन । डा. गोविन्द केसीका माग सम्वोधन गर्न सरकारलाई दवाव दिन आज उनका समर्थकले र्याली निकालेका छन् । दिउसो माइतीघमा जम्मा भएका समर्थकहरुले केसीको पक्षमा नारा लगाउँदै बानेश्वर सम्म पुगेका थिए ।
बानेश्वरमा आयोजित कोणसभा सहभागी बक्ताहरुले चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वनय गर्नुपर्ने लगायत डा. केसीले उठाएका मागका पक्षमा बोलेका थिए । उनीहरुले माग सम्वोधन गरि डा केसीको जीवनरक्षा गरिदिन आग्रह गरेका थिए ।
र्यालीमा त्रिवि शिक्षणअस्पतालका आवासीय चिकित्सक, विद्यार्थी , विवेकशील पार्टीका नेता कार्यकर्ता, तथा विभिन्न पेश व्यवसायमा आवद्ध सर्वसाधारण थिए ।
विभिन्न ७ बुदेँ माग राखि ११ औँ चरणको अनसन सुरु गरेका डा केसीको आज अनसनको १३ औँ दिन हो । यसैपटक अनसन तोडाउन पाँच पटक सरकार केसी पक्षबीच बार्ता भएपनि सहमतिमा पुग्न सकेको छैन । यता केसी पक्षले सरकारका तर्फबाट माग पुरा गराउने खालको आशय नदेखिएको भन्दै केही दिन देखि बार्ता बहिस्कार गरेका छन् ।
यसैबीच डा केसीको माग पुरा गराउन दवाव दिन आयोजित आजको प्रदर्शनमा पूर्व प्रधान न्यायधीश सुशीला कार्की समेत सहभागी भईन । उनले बानेश्वरमा आयोजित कोणसभामा डा केसीका माग जायज रहेको भन्दै पुरा गर्नुपर्ने बताइन् ।
सम्पर्क इमेल : [email protected]