स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखामा डा. श्रीकृष्ण गिरी

– डा. श्रीकृष्ण गिरी

काठमाडौँ, २० साउन । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखा प्रमुखमा प्राडा  श्रीकृष्ण गिरीलाई ल्याइएको छ ।

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गिरीलाई मन्त्रालय ल्याएका हुन् ।

अघिल्ला स्वास्थ्य मन्त्री गगन थापाले पदवहाली गरेको ठिक एक महिना पछि सोही महाशाखाबाट सरुवा कार्यको प्रारम्भ गरेका थिए ।

पूर्वमन्त्री थापाले त्यतिवेलाका  महाशाखा  प्रमुख महेन्द्रप्रसाद श्रेष्ठलाई  काठमाडौँ जनस्वास्थ्यको प्रमुखमा पठाई सोही ठाँउको प्रमुख रहेका भोगेन्द्रराज डोटेललाई सो महाशाखामा ल्याएका थिए ।

यसपटक स्वास्थ्य मन्त्री पोखरेलले पदवहाली गरेको नौ दिनमै डोटेललाई हटाई उनको ठाँउमा डा गिरीलाई ल्याएका हुन् । विहीबार डा गिरीलाई नीति योजनामा ल्याउने निर्णय हुँदै गर्दा डोटेललाई कहाँ पठाउनेभन्ने टुंगो लगाईसकेका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *