७४४ वटा स्थानीय तहलाई औषधि किन्न पठाइयो ३६ करोड
काठमाडौं, १९ साउन । सरकारले महानगरपालिका, नगरपालिका र गाँउ पालिकाका गरी ७४४ वटा स्थानीय तहलाई औषधि खरीद गर्नका लागि ३६ करोड २७ रकम पठाएको छ । उसले जिल्ला तथा क्षेत्रका लागि भने ८ करोड ७३ लाख रकम पठाएको छ ।
स्वास्थ्य सेवा विभाग प्राथमिक स्वस्थ्य पुनर्जागरण महाशाखाले यस पटक अर्थ मन्त्रालयबाट ७४४ वटा स्थानीय तह र जिल्ला तथा क्षेत्रका लागि औषधि खरीद गर्न भन्दै सोझैँ ४५ करोड रकम पठाएको जनाएको छ ।
महाशाखाका निर्देशक मोहम्मद दाउदले आफ्नो शाखाको सिफारिसमा अर्थले सोझै रकम पठाएको उल्लेख गरे । उनले औषधि खरिदको कार्यबिधी बनाउने क्रममै रहेको भन्दै त्यस पछी स्थानीय तहले खरिद गर्न सक्ने बताए ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा औषधि खरिद्का लागि १ अर्ब ५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
सम्पर्क इमेल : [email protected]