पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान गयो, ‘गल्ती’ स्वीकार्न डाक्टरमाथि दवाव

काठमाडौँ, १९ साउन । उपचारका क्रममा एक महिलाको ज्यान गएपछि चावहिलस्थित ओम अस्पतालमा गएराती देखि तनाव सिर्जना भएको छ । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै अस्पताल र चिकित्सक विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले चिकित्सकलाई गल्ती स्वीकार्न दवाव दिइरहेका छन् ।

पित्तथैलीमा देखिएको पत्थरीको अप्रेशन गर्न आएकी चावहिलकी तरकारी व्यवसायी ५५ बर्षीया नन्दमाया लामिछानेको गएराती १ बजे ज्यान गएको हो । ‘प्वाल पारेर पित्तथैली निकाल्ने अप्रेसन (ल्यावकोली) गरियो तर पछि एक्कासी हर्ट एट्याक भयो,’ अस्पतालका निर्देशक डा . जागेश्वर गौतमले भने, ‘तीन चार घण्टा त बचाईयो तर अन्तमा सकिएन ।’

ल्याप्रोस्कोपिक सर्जन डा कमल कोइरालाको नेतृत्वमा अप्रेसन भएको हो । ‘जनरल सर्जरीमा पिएचडी गरेका सर्जन डा कोइरालाले यस्ता सर्जरी दिनहुँ तीन चारवटा गर्नुहुन्छ । कसरी लापरबाही भयो भन्नु , यो कहिले काँही हुने भवितव्य हो,’  डा गौतमले भने । उनले भिडले गल्ती स्वीकार्न दवाव दिएको भन्दै त्यसपछि अरु माग अघि सार्न खोजेको आफूले पाएको बताए ।

डा गौतमले सर्जरी अघि मुटुको इसिजी तथा अन्य जाँच गरेको बताउँदै त्यतिवेला मुटुमा कुनै समस्या नदेखिएको समेत बताए । उत्तेजीत भिडले अस्पतालमा आक्रमण गर्न सक्ने भन्दै अहिले ओम वरिपरि ठूलो संख्या प्रहरी परिचालन गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *