महाराजगञ्ज क्याम्पसको स्ववियु भन्छ, ‘ताला खोल्दैनौँ आन्दोलन जारी छ’

काठमाडौँ, १४ साउन । महाराजगञ्ज मेडिकल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आफ्नो नेतृत्वमा भएको विद्यार्थी आन्दोलन जारी रहेको जनाएको छ ।

उसले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)डीन कार्यलय, परीक्षा शाखा तथा अन्य प्रशासनिक कार्यलयमा लगाइएको तालावन्दी यथावत रहेको जानकारी समेत दिएको छ ।

स्ववियुले आफ्ना ६ सुत्रीय माग पुरा नभएको भन्दै २७ दिन अघिदेखि डीन कार्यालयमा तालबन्दी गरेको छ ।

स्ववियु सभापति डा. मिलन गैरेद्धारा आज जारी विज्ञप्तीमा आफूहरुले उठाएका ६ सुत्रीय माग पुरा नहुँदासम्म आन्दोलन यथावत हुने र ताला नखोलिने उल्लेख छ । विज्ञप्तीमा कतिपय सञ्चारमाध्यमबाट आफूहरुको आन्दोलनलाई डा गोविन्द केसीको विरुद्ध आन्दोलनको रुपमा प्रचार गर्न थालिएको भन्दै त्यस्तो भ्रममा नपर्न समेत आग्रह गरिएको छ । ‘यो कसैको पक्षपोषण र व्यक्तिगत स्वार्थमा नभई आम सरोकारवालाको चिन्तालमाई मध्यनजर गर्दै सुरु गरिएको आन्दोलन हो । तसर्थ यहाँ कसैले कसै विरुद्ध प्रयोग गर्ने हुने अवस्था नै छैन् । डा गैरेले भनेका छन् ।’

के हो  स्ववियुको आन्दोलनको विषय ?
डा केसीको अनसन सुरु हुनु भन्दा २२ दिन अघि नै स्ववियुको नेतृत्वमा विद्यार्थीहरुले आफ्ना ६ सुत्रीय माग अघि सारी डीन कार्यलयमा तालाबन्दी गरेका थिए ।

डीन प्राडा जगदीश अग्रवालले तालाबन्दी पछि पनि मागको सुनुवाई नगरी बैकल्पिक कार्यालयको रुपमा मोहेगो भवनको कार्याकक्षबाट काम गर्न थालेको भन्दै पछि विद्यार्थीहरुले सो भवनमा पनि ताला झुण्डयाई दिएका छन् ।

त्यसो त तालाबन्दी गर्नुअघि उनीहरुले डीन प्राडा अग्रवाललाई आफ्ना छ सुत्रीय माग अघि सार्दै पुरा गरिदिन आग्रह गर्दै आएका थिए । तर त्यसको सुनुवाई नभएपछि तालाबन्दीमा उत्रिनुपरेको डा. गैरे बताउछन् ।

खासगरी उनीहरुले डीन कार्यालयबाट भर्ना मिति समाप्त भएको ६ महिना पछि एक विद्यार्थीको अनाधिकृत रुपमा भर्ना गरिएको प्रशंग उठाएका छन् । त्यस्तै पीजीमा आरक्षण कोटा दिने पद्धतीमा संसोधन गर्न उनीहरुको अर्को माग छ । मेरिट लिष्टमा आधारमा पीजीमा भर्ना गर्नुपर्ने उनीहरुले अर्को माग राखेका थिए तर यसबीचमै सर्वोच्चबाट सो मागको छिनोफानो भइसकेको छ । अरु मागहरुमा कम्युनिटी पोष्टिङ र आफूहरुसंग विगतमा गरिएका सम्झौँताको कार्यान्वनय हुनुपर्ने भन्ने छ ।

सभापति डा गैरे भन्छन्, ‘चिकित्सा शिक्षा सुधारका लागि डा गोविन्द केसी अनसन बस्न थालेको यतिका पटक भयो । तर राज्यले टेरेको अवस्था छैन । तर अहिले त हामीले विश्वास गरेको डीन कार्यालय र त्यसका जिम्मेबार पदाधिकारीले समेत गल तगर्न थाले । यहाँ त्यहि गलत सच्याउ भनेका हौँ ।’

भर्नाकै विषयमा स्ववियुद्धारा जारी विज्ञप्ती भनिएको छ, महाराजगञ्ज मेडिकल क्याम्पसमा एमबीबीएस पढनका लागि न्युनतम ९० प्रतिशत अंक ल्याउनुपर्छ र पुस महिना भित्रै भर्ना भइसक्नुपर्छ । तर डीन कार्यालय ६ महिना पछि आएर अर्थात १४ जेठमा ७० प्रतिशत अंक ल्याएको विद्यार्थीलाई भर्ना गरेको छ । खाली सिटमा भर्ना गरिएको भनिएको छ तर वेटिङ लिष्टमा रहेका कसैलाई जानकारी दिइएको छैन् ।’

सभापति गैरेले आरक्षणका नाममा लिने सुविधाको विरुद्ध भएको आन्दोलन र त्यस विषयमा प्राडा इश्वर लोहनी नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार हुनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको जानकारी दिए । उनले कम्युनिटी पोष्टिङमा विशेषज्ञ नभई विशेषज्ञ पढ्दै गरेका विद्यार्थी पठाइएको भन्दै यसमा पनि पुर्न बिचार गर्नुपर्ने आफूहरुको माग रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *