बाढीपीडितलाई निःशुल्क उपचार

सप्तरी, १३ साउन । बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

सांसद रञ्जीत कर्णको पहलमा आयोजित सो शिविरमा बाढीबाट प्रभाजित एक हजार ५०० गरिब तथा विपन्न वर्गका व्यक्तिलाई स्वास्थ्य उपचार गराइएको थियो । सो शिविरमा निःशुल्क औषधिसमेत वितरण भएको बताइएको छ ।

नोबेल मेडिकल कोलेज विराटनगरले सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको सो शिविरमा सप्तरीको विभिन्न खोला र नदीमा आएको बाढीले प्रभावित मैनाकडेरी, भेडिया, पोर्ताहा, भारदह, तिलाठीलगायतका ठाउँका बाढीपीडितलाई निःशुल्क उपचार गराइएको नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

खोप अभाव

यसैबीच सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कुकुरको टोकाइले लाग्ने रेबिज रोगको विरुद्ध लगाइने खोपको अभाव भएको छ । विगत चार महिनादेखि सो खोपको अभाव भएको अस्पतालले जनाएको छ ।

दैनिक आठदेखि १० जना कुकुरले टोकेको बिरामी सो अस्पतालमा उपचारको लागि आउने गरेको बताइएको छ । अस्पताल प्रशासनका अनुसार रेबिजविरुद्धको खोप माग गरिएको र छिट्टै आउने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *