स्याङ्जामा स्वाइनफ्लुको प्रकोप, नियन्त्रणका लागि केन्द्रबाट टोली खटिदैँ

काठमाडौँ, १२ साउन । स्थानीय स्वास्थ्य केन्द्रले स्वाइनफ्लुको प्रकोप बढेको खवर गरेपछि स्वास्थ्य सेवा विभागले स्याङजाको वालिङमा स्वास्थ्यकर्मीको टोली पठाउने भएको छ । विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रणको जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा विशेष टोली पठाउन लागेको हो ।

वालिङ नगरपालिका र त्यस आसपासका क्षेत्रबाट एउटै प्रकारको लक्षण (रुघा खोकी र ज्वरो) देखिएका विरामीहरु दैनिक जसो ५० – ६० जना आउन थालेपछि स्वाइनफ्लु आशंकामा गरिएको छ ।

सोही लक्षण लिएर स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका वालिङ १४ का ४९ बर्षीय खुपप्रसाद अर्यालको पछि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइपुरयाउँदा समेत ज्यान बच्न नसकेपछि विभागले टोली पठाउन लागेको हो ।

रोग नियन्त्रण महाशाखाका निमित्त प्रमुख डा गुणनिधी शर्माले स्यांङजाको वालिङ क्षेत्रमा एच १ एन १को केस बढेर आएको खबर पाएपछि भोली टोली पठाउन लागिएको बताए । उनले जिल्ला तथा क्षेत्रबाट समेत टोली परिचालन भएर आवश्यक काम गरेको बताए । डा शर्माले एच -१ एन -१ का लागि चाहिने औषधि ‘टामीफ्लु ‘समेत वालिङ पठाइ सकिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *