कान्तिपुर डेन्टल कलेजमा सुरु भयो ‘बेसिक डेन्टल इम्प्लान्टलोजी कोर्ष’

काठमाडौँ, १२ साउन । कान्तिपुर डेन्टल कलेजले पहिलो पटक दाँत प्रत्यारोपण सम्वन्धि ‘बेसिक डेन्टल इम्ल्पान्टलोजी कोर्ष’ सुरु गरेको छ । छ महिने यो कोर्ष कान्तिपुर डेन्टलले नोवेल बायोकेयरको सहयोगमा सुरु गरेको हो ।

कोर्षका संयोजक तथा दन्तप्रत्यारोपण विज्ञ डा. भागेश्वर धामीका अनुसार यो कोर्षका लागि विभिन्न हस्पिटल तथा इन्टिच्युटका गरी १२ जना जेनेरल डेन्टल प्राक्टिसनरको सहभागिता रहेको छ । उनीहरुले दन्त प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) सम्वन्धि आधारभुत रुपमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान पाउने डा. धामीले बताए ।

‘छ महिने यो कोर्ष तीन चरणमा बाँढिएको छ । पहिलो चरणको कोर्ष पुरा गरिसकेका छौँ । गत आइतबार देखि मंगलबार (८ देखि १० साउन)सम्म तीन दिन पहिलो चरणको कोर्ष गरेका हौँ । अब तीन महिना पछि पुन अर्को चरणको कोर्ष हुनेछ,’ डा. धामीले भने ।

कोर्षका लागि नोबेल बायोकेयरका तर्फबाट डाक्टर कानिर भाटियाले नेतृत्व गरेका छन् । दाँत नभएको ठाँउमा कृतिम दाँत जरै देखि राख्ने कार्यलाई ‘डेन्टल इम्प्लान्ट’ भनिन्छ । कान्तिपुरले ‘डेन्टल इम्प्लान्ट’ गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *