स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलद्धारा पदवहाली
काठमाडौँ, ११ साउन । नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले पदवहाली गरेका छन् । आज अपरान्ह सवा छ बजे स्वास्थ्य मन्त्रालय पुगेर पदवहाली गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ती गरेका पोखरेलले आजै अपरान्ह चार बजे राष्ट्रपति कार्यालय शितलनिवासमा पुगि सपथ लिएका थिए । त्यस लगत्तै पार्टी कार्यालय पेरिषडाडा पुगी उनी मन्त्रालय आएका थिए ।
नयाँ मन्त्रीहरुले कुनै फाइलमा सदर गरि पदवहाली गर्ने प्रचलन रहेपनि मन्त्री पोखरेलले आजको बहालीमा भने कुनै फाइलमा हस्ताक्षर गरेनन् । उनले केही फाइल हेरे मात्र ।
सो अवसरमा सञ्चारकर्मीलाई सम्छिप्त प्रतिक्रिया दिदैँ मन्त्री पोखरेलले संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा समेटे कार्यान्वनय तहमा कमजोर रहेको भन्दै त्यसलाई सुधार्ने आफ्नो पहिलो प्राथमिकता रहने बताए ।
उनले स्वास्थ्यका निशुल्क कार्यक्रम, आधारभुत स्वास्थ्य र स्वास्थ्य बीमाका कार्यक्रम तथा भुकम्प पछि पुर्ननिर्माणको पालो पर्खेर बसेका स्वास्थ्यसंस्था तर्फ आफ्नो ध्यान केन्द्रीत रहेको बताए ।
विगतका कार्यकालमा पनि आफूले स्वास्थ्यमा कर्मचारीको सहयोग पाएको भन्दै यसपटक पनि सहयोगको अपेक्षा राखेको बताए । सो अवसरमा बोल्दै निमित्त स्वाथ्य सचिव डा विनोद श्रेष्ठले अनुभवी र स्वास्थ्यमा नाम राखिसकेको मन्त्री भएकोले आफूहरु ढुक्क रहेको भन्दै साथ दिन तयार भएको बताए ।
मन्त्री स्वागत गर्न मन्त्रालय, विभाग तथा उपत्यकास्थित स्वाथ्य कार्यालयका कर्मचारी अपरान्ह मन्त्रालय पुगेका थिए ।
सम्पर्क इमेल : [email protected]