विशेषज्ञ चिकित्सक बन्न कोही गएन, एघारौँ तहमा पनि उस्तै

काठमाडौँ, ११ साउन । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रिक्त विभिन्न विशेषज्ञ चिकित्सक पदका लागि लोकसेवा आयोगले मागेको आवेदनमा एउटा पनि दरखास्त नपरेको पाइएको छ । यसले सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव देखिने निश्चित छ ।

लोक सेवा आयोगले कन्सलटेन्ट नेफ्रोलोजिष्ट पद(महिला) को एउटा कोटामा कसैको आवेदन परेन । त्यस्तै कन्सलटेन्ट न्युरोलोजिष्ट (महिला) पद नवौ तहमा पनि एउटा दरबन्दी रिक्त थियो तर कसैको पनि आवेदन परेन । त्यसैगरी कन्सलटेन्ट ट्रपिकल मेडिसिन फिजिसियन (खुल्ला) नवौ तहमा पनि एक पदका लागि दरखास्त मागिएको थियो । तर कसैको दरखास्त परेन ।

आयोगले आज प्रकाशित सूचनामा एक एक पद रहेका कन्सलटेन्ट चेष्ट डिजिज फिजिसियन ( आन्तरिक),कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट (महिला) कन्सलटेन्ट मेडिकल अंकोलोजिष्ट (आप्र) फरेन्सिक मेडिसिन अधिकृत(आप्र) कन्सलटेन्ट कार्डियोथोरासिक सर्जन(आप्र), कुनै आवेदन नै परेन ।

त्यस्तै दुई पदमा आवेदन मागिएको कन्सलटेन्ट युरो सर्जन( आप्र), एक पदमा आवेदन मागिएको कन्सलटेन्ट युरो सर्जन ( महिला)मा पनि कसैले दरखास्त हालेनन् ।

लिखितमै नाम निस्केन
उता आयोगले कन्सलटेन्ट कार्डियोलोजिष्ट नवौँ तहमा खुल्ला र महिला कोटामा गरी दुई पदका लागि आवेदन मागेको थियो । त्यसमा दुई जनाले दरखास्त दिई परीक्षामा सामेल पनि भएका थिए । तर दुबै जना लिखित कटाउन सकेनन् ।

त्यस्तै कन्सलटेन्ट जनरल फिजिसियन( महिला)मा एक पदका लागि ११ जनाले लिखित परीक्षा दिएका थिए तर अन्तरबार्ताका लागि एक जना पनि छनौट भएनन् ।

एघारौँ तहमा पनि उस्तै
लोकसेवा आयोगले हेल्थ एजुकेशन समूह तर्फ एघारौँ तहको प्रमुख स्वास्थ्य शिक्षा प्रशासक (आप्र) तर्फ एक पदमा आवेदन मागेको थियो । तर दरखास्त हाल्ने व्यक्ति नै भेटिएन ।

त्यस्तै फार्मेसी तर्फ एघारौँ तहको प्रमुख औषधि व्यवस्थापक पद(आप्र) तर्फ एक पदमा आवेदन मागेको थियो तर आवेदन दिने कर्मचारी नभेटिएको आयोगले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “विशेषज्ञ चिकित्सक बन्न कोही गएन, एघारौँ तहमा पनि उस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *