ज्वरो र टाइफाइडका बिरामी बढे
दमौली, ३ साउन । केही दिनयतादेखि तनहुँको दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।
ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको दमौली अस्पतालका डा सिर्जना शर्माले जानकारी दिइन्।
एकसय छ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको दाबी उनले गरिन् । जटिल किसिमका विरामीलाई पोखरा सिफारिस गरी पठाउने गरिएको डा शर्माले बताए । दैनिक ७–८ जना बिरामी उपचारका लागि आउने गरेका छन् ।
यसअघि ४– ५ जना बिरामी उपचारका लागि मुस्किललेआउँथे । बिरामीलाई खानपिन, व्यायाम र सरसफाइमा ध्यान दिन सल्लाह दिँदै आएको अस्पतालका चिकित्सक बताउँछन् । व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । रासस
सम्पर्क इमेल : [email protected]
Is it 106 degree celsius or fahrenheit?