नि:शुल्क शिविरमा ३५० जनाको दन्त परीक्षण

काठमाडौँ, २६ असार । गुरु पूर्णिमाको अवसरमा बसुन्धरास्थित केडीसी हस्पिटलले भक्तपुरको श्यामाश्याम धाममा निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

आइतबार सम्पन्न उक्त शिविरमा ३५० जना आम सर्वसाधारणले मुख तथा दन्त स्वास्थ्य परीक्षण गराएका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले उदघाटन गरेको उक्त शिविरमा डा स्मिता ढकालको नेतृत्वमा १४ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

शिविरमा मुख तथा गिजाको परीक्षण, दाँत भर्ने, सफा गर्ने काम भएको डा ढकालले बताइन । शिविरमा आएकाहरुलाई स्वास्थ्यकर्मीको टोलीले मुख तथा दन्त स्वस्थ राख्ने तरिका सिकाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *