कान्तिमा सात केजीको ट्युमर झिकिएकी बालिकाको मृत्यु

काठमाडौँ, २६ असार । कान्ति अस्पतालमा सात केजीको ट्युमर झिकिएकी १० बर्षीया बालिका शिला नेपालीको मृत्यु भएको छ ।

गत मंगलबार शल्यक्रिया गरि ‘रेक्टोपेरिटोनियल टेराटोमा’ ट्युमर निकालिएकी शिलाको बुधबार पत्रकार सम्मेलन गरी स्वास्थ्य सामान्यउन्मुख भएको बताइएको थियो ।

शल्यक्रियापछि भेन्टिलेटरमा राखि उपचार भइरहेका बेला परिवारले ‘डिस्चार्ज’ मागेर घर लग्दै गर्दा शुक्रबार उनको मृत्यु भएको बताइएको छ ।

उपचारमा सम्लग्न चिकित्सक डा. आरपी चौधरीले भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला परिवारले जवरजस्ती डिस्चार्ज मागेर लगेपछि उसको मृत्यु भएको बताए । ‘परिबारले खै के सोचे उपचार सबै रुपमा निशुल्क थियो । तर जबरजस्ती डिस्चार्ज मागे र बच्चालाई एम्बुलेन्समा पुरयाउँदा पुरयाँउदै ज्यान गएछ,’ उनले भने ।

भेडाबारी प्युठानकी ती बालिका शिला नेपालीको पेटमा जन्मेको आठ महिनाको उमेर देखि अस्वभाविक डल्लो देखिन थालेको थियो । सो डल्लो क्रमश बढदै गएपनि आर्थिक अभाव र जनचेतनाका कमीका कारण परिबारले समयमै उपचारका लागि अस्पताल पुरयाउन सकेनन् ।

विस्तारै बस्न, उभिन र सुत्न समेत अप्ठेरो पर्न थालेपछि एक सामाजिक संस्थाको सहयोगमा बालिकालाई उपचारका लागि कान्ति ल्याइएको थियो । कान्तिमा उनको शल्यचिकित्सक डा चौधरीको टोलीले गरेको थियो ।

गत मंगलबार शल्यक्रिया गरेका चौधरीले बुधबार पत्रकार सम्मेलन गरी बच्चाको शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारोन्मुख भएको बताएका थिए । पत्रकार सम्मेलनकै बेला पुगेका अस्पतालका निर्देशक डा. गणेशकुमार राईले भने अस्पतालको स्वीकृति विना पत्रकार सम्मेलन गरेको भन्दै त्यतिवेला नै डा चौधरीको आलोचना गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *