सर्वोच्चको आदेश पछि पनि भर्ना नलिएको भन्दै नौवटा संस्थाद्धारा आपत्ति
काठमाडौँ, १९ असार । सर्बोच्चले आदेश गरिसक्दा समेत योग्यताक्रमका आधारमा दुई वटा मेडिकल कलेजले एमडीएमएसमा विद्यार्थी भर्ना नलिएको भन्दै चिकित्सकहरुको नौ वटा संस्थाले विरोध जनाएका छन् ।
ती संस्थाले सर्बोच्चको आदेश कार्यान्वनय गराउन नसकेको भन्दै त्रिवि आइओएम डीन कार्यालय, नेपाल मेडिकल काउन्सिल तथा त्रिवि उपकुलपति कार्यालयको आलोचना गरेका छन् ।
सोमबार ती संस्थाद्धारा जारी विज्ञप्तीमा सर्बोच्चको आदेश पछि पनि विद्यार्थी भर्ना गर्न आनाकानी गरिरहेका निजी कलेजहरुलाई कडाईका साथ आफ्नो निर्देशन पालना गराउन नसक्नु त्रिविको ठूलो कमजोरी तथा लापरबाही भएको उल्लेख गरिएको छ ।
उनीहरुले डिन कार्यलयबाट दिइएका पटक पटकको सूचना तथा निर्देशनहरु लत्याएर गैरकानूनी भर्ना गर्नु र सर्वोच्चको आदेश समेत पालना गर्न अटेर गर्नु कलेजहरुको भ्रष्ट मानसिकताको पराकाष्ठा भन्दै कारबाहीको भागीदार हुनुपर्ने उल्लेख गरेका छन् ।
विज्ञप्ती जारी गर्नेहरुमा डक्टर्स सोसाइटी अफ नेपालका कावा अध्यक्ष डा कालुसिंह खत्री, नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा लिजन महर्जन, रेजिडेन्टस एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा विष्णु भण्डारी, जुनियर रेजिडेन्टस वेलफेयर सोसाइटीका अध्यक्ष डा अजितकुमार यादव रहेका छन् ।
त्यस्तै नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका कावा अध्यक्ष डा प्रियंका शाही, नेशनल डक्टर्स एसोसिएसन नेपालका अध्यक्ष डा सन्तोष पौडेल, डाक्टर फर चेन्जका अध्यक्ष डा विश्ववन्धु बगाले, सेभ मेडिकल फर्टानिटी मुभमेन्टका डा तोसीमा कार्की र डा समिर लामा तथा सोलिडारिटी फर डा जीकेसी अलाइन्सका डा जीवन क्षेत्री रहेका छन् ।
सम्पर्क इमेल : [email protected]