‘मेरिट’ कै आधारमा विद्यार्थी भर्ना गर्न सरकारी चिकित्सक संघको माग
काठमाडौँ, १८ असार । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले एमडी एमएस र एमडीएस अध्ययनका लागि मेरिट लिष्टमा छानिएका विद्यार्थीलाई तोकिएको शुल्क लिएर भर्ना गर्न आग्रह गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त नेशनल मेडिकल कलेज बीरगञ्ज र युनिभर्सल मेडिकल कलेज भैरहवाले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तह( एमडीएमएस र एमडीएस) भर्नामा योग्यताक्रम (मेरिट लिष्ट)बाट चुनिएका विद्यार्थीलाई पाखा लगाँउदै बढी पैसा दिनेलाई भर्ना गरेको भन्दै यस्तो आग्रह गरेको हो ।
गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेद्धारा आइतबार जारी विज्ञप्तीमा एमडीएमएस एमडीएसपको सशुल्क अध्ययनका लागि आइओएमबाट काउन्सेलिङमा मनोनयन भएर त्रिविद्धारा तोकिएको शुल्कमा भर्ना हुन पाउने बैज्ञानिक मान्यता र सर्वोच्च अदालतको आदेश विपरीत पैसा र पहुँचका आधारमा भर्ना गरिएको भन्दै आपत्ति जनाइएको छ ।
विज्ञप्तीमा स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा चरम व्यापारीकरण हुनु दुखद विषय रहेको भन्दै विधिको शासन विरुद्ध हिडनेहरु कानून र समाजको दण्डको भागिदार हुने उल्लेख गरिएको छ ।
सम्पर्क इमेल : [email protected]