भऱ्याङ मुनि खोचमा जिल्ला स्वास्थ्यको सूचना केन्द्र

पाल्पा, १८ असार । चार तल्ले भवन मात्रै होइन जिल्ला स्वास्थ्य कार्यालय पाल्पासंग यतिखेर स्टोरका लागि भनेर बनाएको दुई तल्ले नयाँ भवन पनि छ ।

तर स्वास्थ्य सम्वन्धी जनचेतना जगाउनका लागि भन्दै स्थापना गरिएको सूचना केन्द्रका लागि कार्यालले एउटा कोठा उपलव्ध गराउन सकेको छैन् । कोठा उपलव्ध नभएपछि मुख्य भवनको भऱ्याङ मुनिको सानो भागमा सूचना केन्द्र थन्किएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको सूचना केन्द्र भनिए पनि भऱ्याङ मूनिको कुनामा आवश्यक सूचना पाइदैन, दुईवटा रयाकमा राखिएका नसर्ने रोग सम्वन्धी केही पर्चा बाहेक ।

कार्यालयका सूचना अधिकारी माधव ज्ञवाली कार्यालयको डम्पिङ क्षेत्रलाई सूचना केन्द्रमा परिणत गरेको बताउछन् । ‘त्यो ठाँउ त कार्यालयका नचाहिने सामान थन्क्याउने डम्पिङ साइड थियो हामले त्यो सफा गरेर सूचना केन्द्र बनाएका हौँ । मान्छे बस्न त मिल्दैन तर केही लिफलेटहरु राखेका छौँ । जनतालाई त्यसबाट पक्कैपनि सूचना प्राप्त हुनेछ ‘उनले भने । सूचना अधिकारी ज्ञवालीको कार्यकक्ष भने एक तल्ला माथि छ ।

सूचना केन्द्र रहनु अघि जिल्ला स्वास्थ्य कार्यालयले सो ठाँउमा औषधि तथा खोपहरुको भण्डारण गर्ने गर्दथ्यो । अहिले नयाँ स्टोर भवन बनेपछि सो ठाँउ खाली भएको हो । औषधि तथा खोपहरु नयाँ भवनमा राखिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *