डा. बद्रीराज पाण्डेले दिए जनस्वास्थ्य प्रतिष्ठानको आठौँ लेक्चर
काठमाडौँ, १६ असार । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको आठौँ बार्षिक जनस्वास्थ्य लेक्चर जनस्वास्थ्यविज्ञ डा. बद्रीराज पाण्डेले दिएका छन् । ‘बालरोग चिकित्सा विज्ञानबाट जनस्वास्थ्यमा प्रवेश : एक स्मरण’ शीर्षकमा दिएक हुन् ।
काठमाडौँ आज आज आयोजित कार्यक्रममा डा पाण्डेले सन् १९५८मा चिकित्सक बनेपछि बालरोग विशेषज्ञ हुँदै आफूले स्वास्थ्य क्षेत्रमा गरेका कामको स्मरण गरेका थिए । उनले ६ दशक अघिको नेपालको स्वास्थ्य अवस्था र त्यतिवेला गरिने स्वास्थ्य उपचारको बारेमा करीब एक घण्टा प्रवचन दिएका थिए । त्यस लगत्तै प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. महेशकुमार मास्केले डा. पाण्डेलाई सम्मान पत्र प्रदान गरेका थिए ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानले स्थापनाको दिन अर्थात हरेक बर्ष जुन ३० दिन स्वास्थ्य क्षेत्रमा विज्ञता हासिल गरी देशको स्वास्थ्य स्थिति सुधा ल्याउन उल्लेखनीय योगदान पुरयाउने व्यक्तिहरुका लागि लेक्चरका लागि छनौट गर्छ ।
सोही अनुसार पहिलोपटक सन् २०१० मा जनस्वास्थ्य विशेषज्ञकुलचन्द्रगौतमले“जनस्वास्थ्यका १०ं२ एजेन्डा” शिर्षकमा आफ्नो लेक्चर दिएका थिए । त्यसैगरी सन् २०११ मा प्राडा मथुराप्रसादश्रेष्ठ, सन् २०१२ मा डा. मृगेन्द्र राज पाण्डे, २०१३ मा डा. हेमाङ्ग दीक्षित, सन् २०१४ मा डा. रीता थापा, सन् २०१५ मा डा बि. डी. चटौत, तथा सन् २०१६ मा डा. बुद्ध बस्न्यातले विभिन्न शिर्षकमालेक्चर दिएका थिए ।
कार्यक्रममा नेपालकोस्वास्थ्य अनुसन्धान क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेका डा. बुद्ध बस्न्यात, डा. शरद वन्त, डा.अरुणा उप्रेती, डा. तिर्था राणा तथा अन्य स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, शिक्षक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
डा. पाण्डे नेपाल जनस्वास्थ्य प्रतिष्ठान, नेपालपरिवार नियोजन संघ, नेपालपीडियाट्रिकसोसाइटी, नेपाल आँखा अस्पताल, नेपाल हेल्थ इकोनोमिक एसोसिएसन तथा नेपाल रोटरी क्लब बुढानिलकण्ठ का संस्थापक सदस्य समेत हुन् । प्राथमिक स्वास्थ्य सेवा र जनस्वास्थ्यमा अतुलनीय योगदान पुर्याएबापत डा. पाण्डेलाई विश्व स्वास्थ्य संगठनलेसन् १९९८ मा “सबैका लागि स्वास्थ्य “ अर्थात्“हेल्थफरअल“ मेडलबाट समेत सम्मानित गरेको थियो । यसका साथै उनले थुप्रैसंघ संस्थान बाट नेपालमा स्वास्थ्य क्षेत्रमा योगदान दिएबापत थुप्रै सम्मान तथा अवार्ड पाइसकेका छन् ।
सम्पर्क इमेल : [email protected]